नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

Tea gardenधनकुटा, फागुन १४ गते । आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत छुट्टै कार्यालय स्थापना गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

राष्ट्रिय व्यावसायिक कृषि कार्यक्रमअन्तर्गत कार्यक्रमले इलेक्टोनिक ड्रायर र रोलिङ मेसिन राखेर अर्थोडक्स चियाको गुण परीक्षणसँगै नयाँ चिया जात अनुसन्धान शुरु गरेको कार्यालयका निमित्त प्रमुख महेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । अनुसन्धानले आफ्नै गुण र जात भएको नेपाली चिया उत्पादन गर्नेछ ।

चिया अनुसन्धानमा केही वैज्ञानिकको आवश्यकता रहेको छ सो दरबन्दी पूरा भए अनुसन्धानले आगामी पाँच वर्षमा चियाको आफ्नै जात तयार गरेर विश्व बजारमा लैजाने योजना रहेको केन्द्रले बताएको छ ।

नेपाली चियाको जात नभएका कारण परेका विभिन्न समस्यालाई समाधान गर्न चिया क्षेत्रमा अनुसन्धान शुरु गरिएको छ । अनुसन्धान केन्द्रमा १६ जना वैज्ञानिकको दरबन्दीमा हाल सातजनाले धनकुटा जिल्ला र इलाम जिल्लाको तीन स्थानमा अर्थोडक्स चियामा अनुसन्धान गरिरहेको यादवले बताउनुभयो ।

झापा जिल्लामा उत्पादन हुने सिटिसी चिया र अन्य जिल्लाका उत्पादित चियामा समेत अनुसन्धान गर्न शुरु गर्ने कार्यालयको योजना रहेको यादवले बताउनुभयो । धनकुटा जिल्लाको कूल ५१४ हेक्टरमा चियाखेती हुँदै आएको चिया तथा कफी बोर्ड हिलेले जनाएको छ ।

विगत २०३९ सालबाट तत्कालीन राजा वीरेन्द्र शाहले चिया क्षेत्र घोषणा गरेका पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलगायतका जिल्लामा हाल १४ हजार ७३२ हेक्टरमा व्यावसायिक चियाखेती हुँदै आएको कार्यालयको तथ्यांकमा रहेको छ । नेपाली चियाको आफ्नै जात नहुँदा नेपालबाट विश्व बजारमा पहिचान नहुँदा दाजिलिङ, तिब्बत चियाको नाममा बाहिर निर्यात हुनेगरेको चिया तथा कफी बोर्ड हिलेले जनाएको छ ।

अनुसन्धान केन्द्र पाख्रीबासमा चिया अनुुसन्धानसँगै हाल किसानले उत्पादन गर्ने हरियो पत्ती प्रशोधन गर्न रु १० लाखको लागतमा दैनिक ३६ किलोग्राम हरियो चिया प्रशोधन गरिँदै आएको अनुुसन्धान केन्द्रले जनाएको छ । केन्द्रले धनकुटालगायत पूर्वका विभिन्न जिल्लामा उत्पादन भएका चियाको गुणस्तरको बारेमा अनुसन्धान गर्ने र प्रशोधन गर्ने कार्यसमेत अगाडि बढाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter