नकुहिने प्लाष्टिक कम्पनी र हरियो स्टिकर नभएका सवारी साधनलाई कारवाही

Lal Babu Panditभक्तपुर, फागुन १५ गते । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध लगाइने बताउनुभयो ।

उहाँका अनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाइने छ । “हरियो स्टिकर भएर पनि प्रदूषणयुक्त कालो धुवाँ फाल्ने सवारी साधनलाई परीक्षण गरी कारवाही गरिनेछ र त्यस्ता सवारी साधनका कर्मचारीको नाम समेत उल्लेख गरी सवारीधनी र कर्मचारीलाई समेत कारबाही गरिने छ ”, उहाँले भन्नुभयो ।

वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इँटा भट्टालाई वातावरणमैत्री बनाइने र गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारवाहीको दायरामा ल्याइने उहाँको भनाइ थियो । नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर आयात गरिएका सामानमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै उहाँले आयात हुने सामानको प्रयोगशाला परीक्षण गरी तोकिएको मापदण्डअनुरुप मात्र नेपाल भित्रिने व्यवस्था गरिने छ भन्नुभयो ।

एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरी वातावरण बिगार्नेलाई कारवाहीको दायरामा ल्याइने पनि मन्त्री पण्डितले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter