फोहर व्यवस्थापनका लागि क्याम्पससँग सहकार्य

Kathmandu Metropolitionकाठमाडौँ, फागुन १५ गते । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनका लागि घरदैलो कार्यक्रम शुरु गरेको छ ।

कामपा, वातावरण व्यवस्थापन विभागले बुद्धनगरमा रहेको कादम्बरी क्याम्पससँग सहकार्य गरी चार दिनदेखि घर घरमा गई फोहर व्यवस्थापनबारे जनचेतना कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रम आगामी चैत मसान्तसम्म गरिने वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार अहिलेसम्म टेकु, कालीमाटी, रविभवन, कलङ्की, कुलेश्वर, बल्खु, थापाथली, त्रिपुरेश्वर, बानेश्वरलगायत स्थानमा काम सम्पन्न भइसकेको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म वातावरण विभागका पदाधिकारी, क्याम्पसका विद्यार्थीसहित दैनिक चार टोलीले उक्त काम गरिरहेका छन् ।

नागरिकको जथाभावी फोहर फाल्ने बानीमा परिवर्तन नआएकाले यस्तो कार्यको थालनी गरिएको बताइएको छ । घरबाट निस्केको फोहरलाई उपयुक्त स्थानमा मात्रै व्यवस्थापन गर्न अनुरोध गर्नु घरदैलो कार्यक्रमको मुख्य उद्देश्य छ । कामपाबाट दैनिक रुपमा कुहिने र नकुहिने गरी ४०० टन फोहर संकलन हुँदै आएको छ ।

कामपाले पछिल्लो समय सुन्दर शहर निर्माणका लागि सुरक्षाको दृष्टिकोणले जोखिम बनेका भुइँमा लतारिएको र प्रयोग नगरिएका तारको व्यवस्थापन र धुलो संकलन, गैरकानूनी रूपले फोहर फाल्नेलाई निगरानी, सडक विस्तारका क्रममा छरपष्ट भएका तार संकलन, अव्यवस्थित तार आफैँ काट्ने वा अन्य निकायले काटेका तार व्यवस्थापन गर्ने काम गरिरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter