भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्ति पूरा हुदैन: महान्यायाधिवक्ता

Agni Kharelनेपालगञ्ज । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा नहुने बताएका छन् ।

निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको आज उद्घाटन गर्दै उनले कार्यालयबाट हुने सेवा प्रवाह निष्पक्ष र सहज बनाउनेतर्फ कर्मचारीको ध्यान जानुपर्नेमा जोड दिए ।

महान्यायाधिवक्ता खरेलले संविधान कार्यान्वयनको प्रक्रिया मुलुकभरि शुरु भइसकेको उल्लेख गर्दै संविधानले निर्दिष्ट गरेअनुसारका संरचना निर्माणको काम पनि अहिले द्रुतगतिमा अघि बढिरहेको छ भने ।

नायब महान्यायाधिवक्ता बद्रीप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले सरकारी वकिल र प्रहरीको समन्वयबाट मुद्दाको अभिभाजनलाई प्रभावकारी बनाउन सकिने भएकाले यस विषयमा गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter