वैदेशिक रोजगारीमा युएई जान अब पुलिस रिपोर्ट नचाहिने

Labor, Foreign Employmentपोखरा, चैत १८ गते ।  युनाइटेड अरब इमिरेट्स (युएइ) सरकारले वैदेशिक रोजगारी लागि विदेशिने कामदारहरुले प्रस्तुत गर्नु पर्ने असल चारित्रिक प्रमाणपत्रको प्रहरी रिपोर्ट बुझाउने पर्ने नियमलाई तत्कालको लागि खारेज गरेको छ ।

युएईको मानव संशाधन मन्त्रालयले अप्रिल १ तारिक देखि लागु हुने गरी यस् अघी लागु गरिएको नियमलाई खारेज गरिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराएको छ । ‘अर्को सुचना जारी नभएसम्मका लागि यो व्यवस्था स्थगित गरिएको छ’ ट्वीटरमा भनिएको छ ।

गत फेब्रुअरी ४ तारिख देखि युएईले कामदारहरुको नयाँ भिसाको लागि प्रहरी रिपोर्ट अनिवार्य गरेको थियो । कामदारहरुले प्रहरी रिपोर्ट बनाउनको लागि युएई सरकारलाई प्रमाणीकरणको लागि ४ हजार ३ सय रुपैयाँ शुल्क तिर्ने गरेका थिए । वैदेशिक रोजगार व्यवसायी संघले समेत उक्त कार्यको विरोध गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter