पुनः निर्माणलाई तीव्रता दिन माग

Reconstruction Womenकाठमाडौँ, चैत २० गते । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसदले भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि हालसम्म घर पुनःनिर्माणका लागि दोस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको विशेष समयमा नेकपा (एमाले)का कृष्णप्रसाद दाहालले हालसम्म भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराउनुभयो । सोही दलका विरोध खतिवडाले आउँदो वर्षाअगावै पीडितलाई घरबास गराउन माग गर्नुभयो ।

एमालेकै यज्ञराज सुनुवारले भूकम्पपीडित चार दिनसम्म पैदल हिँडेर किस्ता रकम लिन बैंंकमा लाममा बस्न जाँदा पनि अनुदान पाउन नसकेकामा आक्रोश व्यक्त गर्दै काँग्रेस नेतृत्वको अघिल्लो सरकारले पीडितलाई थप रकम दिनेबारे गरेको भनिएको निर्णय सही वा गलत के हो भनी जवाफ माग गर्नुभयो । एमालेका गणेशसिंह ठगुन्नाले नेपाल, भारत र चीनबीचको त्रिदेशीय सिमानामा नाका खोल्ने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका छलफल हुनुपर्ने सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका जिपछिरिङ लामाले भूकम्पपीडितलाई चाँडोभन्दा चाँडो रकम दिन माग गर्नुभयो । नेकपा (माओवादी केन्द्र) की पम्फा भुुसालले काठमाडौँ –तराई मधेश दूुतमार्गको निर्माणका लागि ललितपुरको खोकना र बुङ्मती क्षेत्रमा पुरातात्विक महत्वका क्षेत्रमा असर पार्ने गरी डिजाइन गरिएको र त्यहाँका जनताको क्षतिपूर्ति न्यून मूल्याङ्कन गरिएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले श्वेतपत्रमा समृद्धि र सुशासनको भावी यात्राबारे स्पष्ट हुन नसकेको टिप्पणी गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रिय पहिचानसँग जोडिएका राष्ट्रिय एकता र प्रजातन्त्र दिवस, रामनवमीजस्ता सार्वजनिक बिदा कटौती गर्ने निर्णय पुनर्विचार गर्न माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले श्वेतपत्रमा उल्लेख भएअनुसार मुलुकको अर्थतन्त्र ध्वस्त बनाउन को को दोषी हो भन्नेबारेमा संसदीय छानवीन गर्न माग गर्नुभयो । बैठक जारी छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter