गैंडाका लागि ‘कृत्रिम ताल’

Rhino imageरत्ननगर, चितवन, चैत २० गते । सुख्खायाम शुरु भएसँगै तालतलैयामा पानी सुख्न थालेपछि दुर्लभ वन्यजन्तु गैंडाका लागि आहाल खेल्न रत्ननगरको चित्रसेन मध्यवर्ती सामुदायिक वनले कृत्रिम ताल निर्माण गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वनले यहाँको कृत्रिम ‘गैंडा ताल’मा पम्पसेटमार्फत पानीको व्यवस्थापन गरिएको सामुदायिक वनको अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो ।

करीव रु २ लाखको लागतमा ताल निर्माण गरी बोरिङ लगाएर कृत्रिम तालमा पानीको व्यवस्थापन गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त सामुदायिक वन वन्यजन्तुको महत्वपूर्ण वासस्थान हो । वन्यजन्तुको वासस्थानका लागि पानी, घोल तथा घाँसे मैदान हुनु अत्यावश्यक छ ।

नियमित पानी पाउन थालेपछि अहिले सो सामुदायिक वनका गैंडा ताल र बयरघारीमा रमाउन थालेका छन् ।

“यो तालमा कहिलेकाहीँ ४÷५ वटासम्म गैंडा भेटिन्छन्,” आचार्यले भन्नुभयो – “वन्यजन्तुको वासस्थान नहराओस् भनेर कृत्रिम ताल निर्माण गरी पानीको व्यवस्थापन गरेका हौं ।”

चित्रसेन मध्यवर्ती सामुदायिक वनमा दुर्लभ पाटे बाघ, एकसिंगे गैंडा, हात्ती, जरायो, चित्तल, भालु, बँदेल लगायत वन्यजन्तुहरु प्रशस्तै पाइन्छ ।

जनावरको महत्वपूर्ण वासस्थान भएकाले ती जनावर हेर्न सो क्षेत्रमा पर्यटकहरु आउँछन् । हात्ती सफारी र पैदल हिँडेर पर्यटकहरु वन्यजन्तु अवलोकनमा रमाउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठक यो क्षेत्रको चित्रसेन, बाघमारा, जनकौली, तथा कुमरोज मध्यवर्ती सामुदायिक वन पर्या–पर्यटन र संरक्षणका हिसाबले महत्वपूर्ण रहेको बताउनुहुन्छ । सो क्षेत्रका सामुदायिक वनले सुख्खा समयमा तालमा पानी घटेपछि कृत्रिम तालको व्यवस्थापन गर्ने गरेको उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter