भैरवनाथको रथ निर्माण अन्तिम चरणमा

Machindranath Jatraभक्तपुर, चैत २१ गते । बिस्का जात्राका लागि भैरवनाथ र भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगेको छ । यस वर्ष चैत २७ गते शुरु हुने जात्राका लागि २५ गतेभित्र रथ तयार हुने गुठी संस्थान भक्तपुरले जनाएको छ ।

रथ निर्माणका लागि बाराको सामुदायिक वनबाट सान्दान जातको काठ ल्याइएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । “सान्दान काठ लोपोन्मुख र संरक्षित जातको काठ हो । यो जहीँतहीँ पाइने काठ होइन । यो काठ ल्याउन मन्त्रिपरिषद्ले विशेष निर्णय गरिएको छ,” उहाँले भन्नुभयो ।

यस वर्ष भैरवनाथ र भद्रकालीको रथमा छाना, पाङ्ग्रा अड्काउन चाहिने अँसी (धुरा), दलिन, चुकुल र थाम नयाँ निर्माण गरिएको छ । जात्रा अवधिभर रथलाई बिग्रिन नदिन रथका आठ वटा छाना, चार वटा अँसी (धुरा), गःद्ययो चार वटा, सिंख्व एक र थाम पाँच वटा नयाँ बनाइएको रथ निर्माण कार्यका नाइके प्रेमलाल शिल्पकारले जानकारी दिनुभयो ।

रथ निर्माणका लागि रु २० देखि २५ लाख खर्च हुने अनुमान गरिएको छ । रथ निर्माणसँगै जात्राका लागि आवश्यक अन्य सामग्रीसमेत जुटाइसकेको प्रमुख सुवेदीले बताउनुभयो । “यस वर्षको जात्राका लागि रथ तान्न मनिलाको डोरी, लिंगो उठाउन धागोको डोरीसमेत ल्याइसकेको छ,” उहाँले भन्नुभयो – “यसका अलावा जात्रासँग सम्बन्धित रकमी र दरबन्दी माग अनुसारको निकासा भइरहेको छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter