नेपाल र भारतीय युवाबीच अनुभव आदानप्रदान

Nepal and India flagकाठमाडौँ, चैत २२ गते । युवाको भूमिकाको बारेमा नेपाल र भारतीय पक्षका युवाबीच अनुभव आदानप्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा दुई देशका युवाबीच अनुभव आदानप्रदान भएको हो ।

उक्त अवसरमा आ–आफ्नो देशमा युवाले खेलेको भूमिकाको बारेमा एकापसमा अनुभव साटसाट गरेका थिए । कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नेपाल र भारत पक्षका युवाबीच अनुभव आदानप्रदान हुँदा धेरै ज्ञान हासिल भएको बताउनुभयो ।

उहाँले छोटो समयमा नै परिषद्ले युवाका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको उल्लेख गदै नेपाल र भारतका युवाको अवस्था एकैनाशको भए पनि भारतीय युवाले नेपालको भन्दा बढी फड्को मारेको बताउनुभयो ।

उहाँँले नेपालमा युवामा भएको क्षमतालाई परिषद्ले प्रस्फुटन गराउने कार्य गरिरहेको जानकारी गराउनुभयो ।

कार्यकारी उपाध्यक्ष ढुंगेलले अनुभव आदानप्रदान कार्यक्रमले नेपाल र भारत दुवै देशको संस्कृति, भूगोल र विकासका लागि बुझ्न सजिलो हुने बताउनुभयो ।

कार्यक्रममा भारतीय युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जिएस चित्राले नेपाली युवामा क्षमता भए पनि अवसर नपाएको बताउनुभयो ।

उहाँले यहाँका युवालाई अवसर सिर्जना गरी मुलुकको आर्थिक विकासमा लगाउनुपर्ने धारणा राख्नुभयो । उपसचिव चित्राले भारतीय युवाले स्वमंसेवकको रुपमा काम गरेर राष्ट्रलाई महत्वपूर्ण सहयोग गरिरहेको भन्दै त्यसबाट नेपाली युवाले पनि सिक्नु पर्ने आँैल्याउनुभयो ।

परिषद्का विज्ञान तथा प्रविधिविज्ञ खिम पन्थीले भारतीय युवाले प्रविधिमा हासिल गरेर आर्थिक विकासमा सहयोग पु¥याएको उल्लेख गर्दै नेपालका युवाले पनि भारतीय युवाबाट सिकेर यहाँको आर्थिक विकासमा सहयोग पु¥याउन सक्ने बताउनुभयो ।

कार्यक्रममा भारतबाट विभिन्न क्षेत्रमा क्रियाशील ४८ जना युवा अनुभव आदानप्रदान गर्न नेपाल आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter