नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी ; भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

Oli-and-Modiकाठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी भएको जारी भएको छ ।

संयुक्त वक्तब्यमा ओली–मोदीबीच दुई देशबीचको विविध पक्षमा समिक्षा हुनुका साथै सरकारी, नीजि क्षेत्र र जनस्तरको सम्बन्धका विषयमा बिचार विमर्श भएको उल्लेख छ ।

यस्तै नेपाल भारतबीचको सम्बन्धमा नयाँ आयाम दिन तथा एेतिहासिक र सांस्कृतिक निकटलाई थप घनिष्ट बनाउन निममित रुपमा उच्चस्तरीय राजनीतिक आदानप्रदानलाई निरन्तरता दिन दुई देशका प्रधानमन्त्री सहमत भएका छन् ।

प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई थप उचाईमा पुर्याउन आफू नेतृत्वको सरकारले निकै महत्व दिएको बताउँदै नेपालको विकास र समृद्धिको लागि भारतसँग द्धिपक्षीय सम्बन्ध विस्तार गर्न चाहेको बताएका थिए । जवाफमा मोदीले नेपाललाई हरप्रकारको सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।

भारतले अपनाउँदै आएको ‘सवका साथ सवका विकास’ अवधारणा नेपालको विकास र समृद्धिको लागि मार्गदर्शक बन्न सक्ने मोदीले विश्वास लिएका थिए भने ओलीले पनि आर्थिक विकासका लागि आफ्नो सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाल’ को नारा अबलम्बन गरेको बताएको संयुक्त वक्तब्यमा उल्लेख छ ।

संयुक्त वक्तब्यमा भारतीय प्रधानमन्त्री मोदीले सफलतापूर्वक स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिँदै अब नेपाल सरकारको भिजनअनुसार नेपाल स्थायित्व र विकसको निशामा अग्रसर हुने विश्वास व्यक्त गरेको उल्लेख छ ।

दुबै प्रधानमन्त्रीले वीरगन्जस्थित एकीकृत चेकपोस्टको उद्घाटन गर्नुका साथै मोतिहारी–अमलेखजन्ज क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको पनि संयुक्त वक्तब्यमा उल्लेख छ ।

दुबै प्रधानमन्त्री सम्झौताहरुको सीघ्र कार्यान्वयमा पनि सहमति भएका छन् ।

यस्तै कृषिमा दुई पक्षीय सहयोग आदान–प्रदान, रक्सौल–काठमाडौं रेलमार्ग निर्माण र अन्तरदेशीय जलमार्गका सम्बन्धमा पनि दुई देशबीच महत्वपूर्ण समझदारी भएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले भारतमा उच्चमा सम्मान पाएकोमा मोदीलाई धन्यवाद दिँदै उपयुक्त समयमा मोदीलाई नेपाल भ्रमणमा आउन निम्ता दिएको पनि वक्तब्यमा उल्लेख छ । जवाफमा मोदीले ओलीको निमन्त्रण स्वीकार गर्दै कुटनीतिक च्यानलबाट भ्रमण मिति तय गर्ने पनि समझदारी भएको वक्तब्यमा उल्लेख छ ।

ओली तीन दिने राजकीय भ्रमणका क्रममा शुक्रबार भारत प्रस्थान गरेका थिए । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो ।

सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा प्रम ओलीलाई बधाई दिनुभएको थियो । उहाँले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो दिनुभएको थियो ।

यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत(गार्ड अफ अनर) प्रदान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter