किसान समुदायकी एक्ली स्टार्फ नर्स

nureseकाँकडभिट्टा, चैत २४ गते । लगनशील अनि मिहेनत सफलताको सूचक हो । सानै देखिको पढाइप्रति लगनशील सुनिता किसान यतिखेर स्टाफ नर्सको कोर्ष पूरा गर्ने तयारीमा छिन् ।

झापा मेचीनगर–९ खुट्टीडाँगीका सुनिता लोपोन्मुख किसान समुदायकी एक मात्र स्टार्फ नर्स पढिरहेकी विद्यार्थी हुन् ।

काठमाडौँको सिटिइभिटीअन्तर्गत अध्ययन गरिहेकी सुनितालाई स्टाफ नर्सको कोर्ष पूरा गर्न अब एक वर्ष बाँकी छ । तीनवर्षे स्टार्फ नर्स पूरा गरेर उनले गरीब, दुःखी र बिरामीको सेवा गर्ने सोच बनाएकी छिन् ।

झापामा मात्र बसोबास रहेको यो समुदायबाट उच्च शिक्षा अध्ययन गर्ने व्यक्ति नगण्य छन् । शिक्षाबाट पछाडि परेको यो समुदायमा कुनै बेला छोराछोरीलाई पढाउन हुँदैन भन्ने गलत संस्कार थियो ।
यस्तो संस्कारलाई तोड्दै पढाइमा सुनिता बिस्तारै अघि बढिरहेकी छिन् ।

उनले पछि परेको आफ्नो समुदायको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने सोच बनाएकी छिन् । उनी भन्छिन्, “पढेर मेरो समुदायको स्वास्थ्य सेवा गर्न मन छ ।” सुनिता त्यति सजिलै स्टाफ नर्स पढ्न सक्ने भएकी भने होइनन् ।
उनी गरीब परिवारकी छोरी हुन् । उनका बुबाआमा दैनिक ज्यालादारी गरेर जीवन चलाइरहेका छन् । परिवारले उनलाई पढाउन सक्ने अवस्थामा थिएन ।

उनका परिवारले सुनितालाई स्थानीय स्वबोध साधना केन्द्रमा जिम्मा लगायो । स्वबोधमा असहाय, अनाथ र अतिविपन्न परिवारका बालबालिकालाई निःशुल्क आवाससहित पढाइदिने व्यवस्था छ ।

उनले त्यहीँबाट २०६२ सालमा एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि स्वबोधकै खर्चमा उनले विर्तामोडको कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युटबाट दुईवर्षे नर्सिङ कक्षा पास गरिन् । त्यसपछि उनी कोर्ष पूरा गर्न काठमाडौँ गइन् ।

काठमाडौँमा उनी समाजसेवी बालकृष्ण थपलियाको संरक्षणमा अहिले पढिरहेकी छिन् । थपलिया स्वबोध साधना केन्द्रका अध्यक्ष पनि हुन् । उनकै पहल अनि सहयोगमा सुनिताले पढाइ अगाडि बढाउन सफल भएकी हुन् ।

“सुनिता सानैदेखि इमान्दार र मिहेनती थिइन्”, थपलिया भन्छन्, “पढाइ सकेर उनलाई फार्मेसी खोलिदिने सोच बनाएका छौँ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter