प्रधानमन्त्री ओली स्वदेश फिर्ता; प्रम ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

PM Oliकाठमाडौँ, चैत २५ गते । भारतको तीन दिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत २३ गते भारत गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा भारतको राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न नेताहरुसँग भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले स्वागत गर्नुभएको थियो ।

स्वदेश फर्किए लगत्तै विमानस्थलमा नै पत्रकारहरुलाई भ्रमण बारे जानकारी दिँदै उनले भारतसँगको सम्बन्ध राम्रो भएको जानकारी दिए । उनले नेपालले भारतसँग सदैव राम्रो सम्बन्ध राख्न चाहेको र अर्को पक्षले सम्बन्ध नबिगारे कहिल्यै पनि सम्बन्ध नबिग्रिने बताएका छन् ।

उनले भारतसँग विगतमा र अहिले भएका सम्झौता छिटो भन्दा छिटो कार्यन्वयन गर्नु पर्ने विषयमा पनि दुवै पक्ष सहमत रहेको पनि जानकारी दिए ।

प्रम ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।

विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरणमार्फत भारतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेको विश्वविद्यालयसँग नेपालले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । नेपालका ७० प्रतिशत जनता कृषिमा आश्रित भएको बताउँदैै उहाँले भन्नुभयो, “यस विश्वविद्यालयका वैज्ञानिकसँग सहकार्य गरेर नेपालको परम्परागत कृषि प्रणालीलाई आधुनिकरण गर्नेछौंँ, त्यसका लागि हामी मिलेर काम गर्न चाहन्छौंँ ।”

गोविन्दबल्लभ पन्त कृषि एवं प्रविधि विश्वविद्यालयले आफूलाई उपाधि प्रदान गरेर नेपाल–भारतबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याएको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा विश्वविद्यालयस्तरको सम्बन्धलाई पनि अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री त्रिभेन्द्रसिंह रावतले नेपाल र भारतको उत्तर प्रदेशसँग जोडिएकाले पनि जनस्तरको सम्बन्धलाई प्रगाढ भएको बताउँदै विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई प्रदान गरेको उपाधिले उच्चस्तरको सम्बन्धलाई थप नजिक बनाएको छ भन्नुभयो । प्रधानमन्त्री नेपाल आफ्नो भारत भ्रमण सकेर आजै साँझ नेपाल फर्कंदै हुनुुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter