लुक्ला विमानस्थल साँघुरो

Jiri Airportविवश कुलुङ / सल्लेरी, चैत २५ गते । सोलुखुम्बुको पर्यटकीय विमानस्थल लुक्लाको अवतरण गर्ने मैदान साँघुरो हँुदा समस्या भएको छ ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाको मैदानमा चारवटा जहाज र चारवटा हेलिकोप्टर अट्ने मात्र क्षमता भएपछि समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको जनाएको छ ।

पर्यटकीय सिजन सुरु भएकोले मौसम खुल्ला हुँदा विभिन्न विमान कम्पनीले पालो पाउन मुस्किल रहेको छ भने हेलिकोप्टरलाई विद्यालयको प्राङ्गण, अस्पतालको मैदान र होटलको निजी हेलिप्याडमा अवतरण गर्नुपर्ने बाध्यता रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुँवरले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार विमानहरूका लागि रन वे आवश्यक रहेकोले चारवटाको क्षमताअनुसार अवतरण गरिने हँुदै आएको छ । विमानको सट्टामा हेलिकोप्टर प्रयोग गर्ने पर्यटकहरूको लागि विमान स्थलको क्षमताभन्दा बढी हेलिकोप्टर आउँदा ‘वेटिङ’मा बस्दा पनि धेरैवटा राख्नुपर्ने भएकोले निजी हेलिप्याड, विद्यालय, अस्पताल आदिको हेलिप्याड प्रयोग गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

चारवटाको मात्र क्षमता भएको उक्त हेलिप्याडमा दैनिक ८० देखि एक सयको हाराहारीमा हेलिकोप्टर अवतरण हुने गरेको छ । तेन्जिङ हिलारी विमान स्थल लुक्लामा काठमाडौँबाट आउने, सगरमाथा क्षेत्रको भ्रमण सकेर आउने, पासाङल्हामु निकोल निक्की अस्पतालमा उपचार गर्न आउने बिरामी, लेक लागेर आकस्मिक रूपमा लेकबाट फर्किनेहरूका कारण दैनिक उक्त विमानस्थलमा हेलिकोप्टरको चाप भइरहने नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुँवरले बताउनुभयो ।

पर्यटकीय सिजनको नभएको समयमा समस्या नरहेको भए पनि अहिले पर्यटकीय सिजन सुरु भएकोले अहिले धेरै समस्या भएकोले हेलिकोप्टरलाई विद्यालयको प्राङ्गण, अस्पतालको मैदान र होटलको निजी हेलिप्याडमा अवतरण गर्नुपर्ने बाध्यता रहेको कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कँुवरका अनुसार कार्यालयसँग १२ वटा हेलिकोप्टर अट्ने हेलिप्याडको आवश्यकता तत्काल रहेको भए पनि निर्माण हुन नसकेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter