धर्मको नाममा अस्थिरता निम्त्याउन खोजे कारवाही : गृहमन्त्री थापा

Rambahadur-thapa-badalकाठमाडौँ, चैत २७ गते । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरुलाई सरकारले कारवाहीको दायारमा ल्याउने बताएका छन् ।

आइतबार बिराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै मंगलबार गृहमन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परीसकेको र अन्यबारे खोजबिन जारी रहेको बताए ।

श्रीनिवास आचार्यमाथि भएको घटनामा संलग्नहरुको पहिचान गर्न र कारवाहीको दायरामा ल्याउन आफुले सुरक्षा निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्दै थापाले भने, ‘जातीयता र धर्मको नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरुलाई कारवाहीको दायरमा ल्याइनेछ ।’

प्रतिनिधिमण्डलको माग बमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडी बढाउने उनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानविन गर्न आयोग गठन गरीनुपर्ने, सनातन हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपार खर्च सरकारले व्यहोर्नुपर्ने लगायत काम माग राखेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter