आठ देशका चिया व्यापारी इलाममा

Tea gardenइलाम, चैत २८ गते । चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् ।

खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी यहाँ आएका हुन् ।

चिया उत्पादनको याम शुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी व्यापारी आउन थालेका छन् । गुणस्तरीय चिया छनोट गरी खरिदका लागि आफूहरु यहाँ आएको उनीहरुले बताएका छन् ।

यहाँ उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्न तिनै व्यापारीको सहयोग आवश्यक हुने चिया उद्योगी सुजन नेपालले बताउनुभयो ।

आलै सूर्योदय नगरपालिका र साना चिया उत्पादक तथा व्यवसायी किसानको आयोजनामा जिल्लामा ‘तेस्रो चिया महोत्सव’ समेत सम्पन्न भएको छ ।

सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा भएको सो महोत्सवमा आठ देशका १७ जनाले भाग लिएका चिया उद्योगी प्रभाकर प्रधानले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter