प्राविधिक स्थानीय तहमा रमाउँदा विषादीको प्रयोग बढ्दो

Vegetable farmingसन्तोष सुवेदी / सिरहा, चैत २९ गते । जिल्ला कृषि विकास कार्यालयबाट स्थानीय तहमा खटिएका कृषिका कर्मचारी स्थानीय तहमै रमाउँदा सिरहाका सर्वसाधारण विषादीयुक्त तरकारी सेवन गर्न बाध्य हुनुपरेको छ ।

जिल्ला कृषि विकास कार्यालय, सिरहाले आफू अन्तर्गत रहेका सम्पूर्ण कर्मचारी जिल्लाका १७ वटा स्थानीय तहमा पठाइसकेको छ । उनीहरूमा कृषकको घरदैलोमा पुगेर कृषि सम्बन्धी ज्ञान दिनुपर्ने दायित्व छ तर ती प्राविधिक स्थानीय तहको कार्यालयभन्दा बाहिर नजाने प्रवृत्तिका कारण कृषि प्राविधिकबाट स्थानीय कृषकले केही बुझ्न पाएका छैनन् ।

पहिले त कृषि सेवा केन्द्रमा खबर गरेपछि त्यहाँबाट कृषि प्राविधिकको टोली गाउँसम्मै आइपुग्थ्यो तर अहिले केही सोध्नुप¥यो भने उहाँहरू यतै आउनुस् भन्नुहुन्छ, लहान नगरपालिका–२१ स्थित भवानीपुर, कालाबञ्जरका सत्यनारायण चौधरी भन्नुहुन्छ, अहिलेका कृषि प्राविधिक आफूलाई स्थानीय तहका पदाधिकारीभन्दा कम बुझ्नुहुन्न ।

कृषकले विषादीबारे उचित ज्ञान नपाउँदा तरकारी खेतीमा बढी मात्रामा विषादी प्रयोग हुन थालेको छ । तरकारीमा प्रयोग गरिने विषादीका कारण मानिसमा आँखाको रोग, टाउको दुख्ने वा थकित हुने, सोच शक्ति कम हुने, छाला सम्बन्धी विभिन्न किसिमका रोग लाग्ने, बालबालिका सुस्त मनस्थितिको हुने, प्रसव सम्बन्धी अनेकाँै विकृति देखा पर्न थालेको छ ।

जिल्लामा अहिले दैनिक पाँच जनादेखि १० जनासम्म क्यान्सरको उपचारका लागि सिफारिस माग्न आउन थालेका छन्, जिल्ला स्वास्थ्य कार्यालय, सिरहाका प्रमुख डा. चुमनलाल दासले भन्नुभयो, क्यान्सरको उपचारका लागि सिफारिस माग्न आउने यस्ता बिरामीको रोगको प्रमुख कारण नै तरकारीमा प्रयोग गरिने विषादी नै हो ।

जिल्ला कृषि विकास कार्यालय प्रमुख रामचन्द्र यादवले कृषकले जानाजान तरकारीमा बढी मात्रामा विषादी प्रयोग गर्ने गरेको बताउनुहुन्छ । तरकारी चाँडो र बढी उत्पादन हुने हुनाले बढी आय आर्जन गर्न कृषकले तरकारी खेतीमा बढी विषादीको प्रयोग गर्ने गरेको पाइएको छ, यादवले भन्नुभयो, तर कृषकले आफूले प्रयोग गर्ने तरकारी छुट्टै उत्पादन गर्ने गरेको पनि भेटिएको छ ।

सिरहामा बर्सेनि सातदेखि आठ करोड मूल्य बराबरको छ हजारदेखि सात हजार मेट्रिक टन तरकारी उत्पादन गरी कृषकले अन्यत्र जिल्ला निकासी गर्ने गरेको तथ्याङ्क छ । जिल्लाभित्रबाट प्रमुख रूपमा उत्पादन हुने आलु, प्याज, भिण्डी, लौका, फर्सी, झिङनी, परबर, काँक्रा, बोडी, काउलीलगायतका तरकारी काठमाडाँै, विराटनगर, पोखरा, वीरगञ्ज, हेटौँडा, राजविराज, उदयपुरलगायतका विभिन्न बजारका साथै नजिकको भारतीय बजारमा समेत निकासी हुने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter