बाजा संरक्षणमा शाक्य समुदाय

Drumसंखुवासभा, वैशाख १ गते । नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ ।

उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न थालेका छन् । समाजले नयाँ पुस्ताका युवालाई भेला पारेर सिकाउन थालेको छ ।

धर्म, संस्कृति, र बाजा जोगाउनका लागि आफूहरु लागेको समाजका अध्यक्ष किरण शाक्यले बताउनुभयो । “भजन र बाजा नजोगाएसम्म धर्म, संस्कृति र जातीय अस्तित्व जोगिँदैन”, उहाँले भन्नुभयो । बाजा बजाउने सीपको हस्तान्तरण युवा पुस्तामा हुन नसकेको समाजका उपाध्यक्ष जयन्द्र शाक्यले बताउनुभयो । युवा पनि बाजा बजाउनेतर्फ भन्दा अन्य क्षेत्रमा आकर्षित भएकाले धिमेलगायत विभिन्न स्थानीय बाजा लोप हुन लागेकाले यसलाई जोगाउन लागेको
उहाँले बताउनुभयो ।

खाँदबारीमा ३०० भन्दा बढी शाक्य समुदायको घरपरिवार छ । नेवार समुदायमा धिमे बाजा महत्वपूर्ण मानिन्छ । भजन र बाजाको संरक्षण गर्ने अभियानस्वरूप उनीहरूले धिमे बाजा र तबला बजाउन तथा भजन सिकिरहेका छन् । “यस पटकको बुद्धजयन्ती त्रिरत्न बुद्ध विहारमा मनाउन सबै भेला भएर भजन गाउँछौँ”, जयन्द्रले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter