बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन; उत्तरगङ्गा सरकारले बनाउने

visit_nepal_whitewater_raftingअछाम, वैशाख २ गते । अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो ।

उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रुपमा जलयात्रा शुरु गरिएको कम्पनीका अध्यक्ष रमेश कुँवरले बताउनुभयो । देशैभरि विभिन्न नदीमा ¥याफ्टिङ सेवा सञ्चालन गरेको कम्पनीले नेपालका चार धाममध्येको एक वैद्यनाथ धाम र प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जिमराडी क्षेत्रमा जलयात्रा सञ्चालन गरेको हो ।

साँफेदेखि चित्रेसम्मको करीब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गराएवापत एकजनाबाट खानाको व्यवस्थासहित रु एक हजार ५०० लिइने र समूहगत भएमा विशेष छुट प्रदान गरिने उक्त कम्पनीले जनाएको छ । अछामको बूढीगंगा र कैलाशमा सजिलै ¥याफ्टिङ गराउन सकिने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिनेसमेत कम्पनीका अध्यक्ष कुँवरले बताउनुभयो । वैद्यनाथ धाम र जिमराडीलाई धार्मिक पर्यटनका रुपमा अघि बढाउनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन हुने ¥याफ्टिङ सेवाले निकै सघाउ पु¥याउने देखिएको छ ।

अब नियमितरुपमा साँफेबगरदेखि जिमराडी चित्रेसम्म ¥याफ्टिङ सञ्चालन गरिने र होटेल व्यवसायी तथा स्थानीयवासीको मागअनुसार प्राविधिकसहितका सामग्रीसमेत थप गरिने सो कम्पनीले जनाएको छ ।

अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन, खप्तड, वैद्यनाथ धाम, चित्रे जिमराडीलगायत क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनका लागि पनि बूढीगंगा नदीमा सञ्चालन गरिने जलयात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताइएको छ ।

उत्तरगङ्गा सरकारले बनाउने

८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सरकारले नै पहल लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनास्थलमै पुगेर सरकारले आयोजना बनाएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उत्तरगङ्गा आयोजनाका लागि ढोरपाटन उपत्यका डुबाएर धेरै बिजुली निकाल्ने कि नडुबाएर थोरै बिजुली निकाल्ने, बाग्लुङमा बनाउने कि रुकुममा बनाउने विषयमा विवाद सिर्जना भएको थियो । रुकुमबाट निर्वाचित सांसद जनार्दन शर्मा ऊर्जामन्त्री भएका बेला आयोजना निर्माणको काम रोकिएपछि आयोजना निर्माण हुने नहुनेमा आशङ्का पैदा भएको थियो ।

स्थानीयस्तरमा विवाद सिर्जना भएपछि प्रधानमन्त्री केपी शर्माओली पूर्वऊर्जामन्त्री जनार्दन शर्मासँगै आयोजनास्थल ढोरपाटन पुग्नुभएको थियो । ओलीले ढोरपाटन उपत्यकाको पर्यटकीय महìव नहराउने गरी सरकारले आयोजना निर्माण गर्ने बताउनुभएको थियो । प्रधानमन्त्रीसँगै ढोरपाटन पुग्नुभएका पूर्वऊर्जामन्त्री जनार्दन शर्माले आफूले आयोजना रोक्नका लागि कुनै दबाब सिर्जना नगरेको बताउनुभयो ।

मैले आयोजना सम्पन्न गर्नुपर्छ भनेर ढोरपाटनकै स्थानीयवासीसँग छलफल गरेको हुँ, आयोजना कहाँ कसरी निर्माण गर्दा राम्रो र सस्तो पर्छ भन्ने उद्देश्यले दुई ठाउँको सर्भेक्षण गरिएको हो, शर्माले भन्नुभयो ।

रुकुमकाले उत्तरगङ्गा अहिले बग्दै आइरहेको सानीभेरीमा जलविद्युत् आयोजना बनाउनुपर्ने अडान लिएका छन् भने बाग्लुङकाले उत्तरगङ्गाको नवीमा बाँध बाँधेर निसीखोलामा पावरहाउस निर्माण गर्ने अडानमा रहेका छन् । ढोरपाटन उपत्यकाको धेरै भाग डुबानमा पारेर ८२८ मेगावाटको आयोजना बनाउने कि, थोरै क्षेत्र डुबानमा पारेर ३०० मेगावाटको आयोजना गर्ने निर्णय हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीले स्थानीयसँग आफूले राम्रोसँग जलाशययुक्त आयोजनाको अध्ययन गरेको भन्दै सोही अनुसार आयोजना सम्पन्न गर्नतर्फ लाग्ने बताउनुभयो । अहिले जे परिस्थितिले काम रोकिए पनि अब तत्काल कामलाई अगाडि बढाउँछौँ, धेरै बिजुली निकालेर बेच्ने नाममा विश्वकै उत्कृष्ट गन्तव्य ढोरपाटनको पर्यटकीय महìव घट्न दिँदैनौं, ओलीले भन्नुभयो ।

आयोजनाले दुई सय मिटर अग्लो बाँध निर्माण गरेर झण्डै १० किलोमिटर सुरुङबाट पानी प्रवाह गरी ८२८ मेगावाट विद्युत् निकाल्ने तयारी गरिरहेको थियो । दुई सय मिटर बाँध निर्माण गर्दा ढोरपाटन उपत्यकाको अधिकांश भाग डुबानमा पर्ने भएकाले ढोरपाटनको महìव नहराउने गरी आयोजना निर्माण गर्नेतर्फ दबाब सिर्जना गर्न स्थानीयलाई आयोजना स्थलमै पुगेर आग्रह गर्नुभएको थियो ।

ढोरपाटनमा बन्ने जलविद्युत् आयोजना विश्वकै सबैभन्दा सस्तो आयोजना हुने भएकाले सरकारले आयोजना निर्माण गर्न आँट गरे जनताको साथ रहने ढोरपाटन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष हरि घर्तीले बताउनुभयो । म अहिले उत्तरगङ्गा जलाशययुक्त आयोजना सरोकार समितिमा पनि बसेर काम गरेको छु, अन्य आयोजना गर्दा प्रतिमेगावाट १९ करोड रुपियाँभन्दा बढी खर्च हुन्छ भने यहाँ आयोजना निर्माण गर्दा प्रतिमेगावाट १२ करोड रुपियाँभन्दा बढी खर्च नलाग्ने भएकाले सरकारले आँट गर्नुपर्छ, घर्तीले भन्नुभयो ।

राज्यले ढोरपाटनको एउटा फाँटलाई हेरेर दृष्टिकोण बनाउन नहुने भन्दै अध्यक्ष घर्तीले अहिले प्रधानमन्त्री, मन्त्रीहरूले अवलोकन गरेको फाँटभन्दा अझ धेरै फाँट ढोरपाटनमा भएकाले ती फाँटलाई फाँटकै रूपमा विकास गरी अहिले देखिने फाँटमा हिमालको काखमा डुङ्गा सयर गर्न सक्ने अवस्था बनाउन सकिने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter