तरकारीमा बिचौलियाको सिन्डिकेट

Vegetableकाठमाडौँ, वैशाख ५ गते । किसानको खेतबाट २० रुपियाँमा किनिएको तरकारी आम उपभोक्ताको भन्सासम्म पुग्दा ८५ देखि सय रुपियाँ कसरी पुग्छ त्यसको बिचौलिया ‘चेन’ एक अध्ययनले फेला पारेको छ ।

किसानसँग किनेको तरकारीको मूल्य किसानले तोक्न पाउँदैनन् । बिचौलियाले खरिद गरिसकेपछि थोक बिक्रेताको हातमा पुगेपछि मात्र किसानले पाउने मूल्य तोक्छ । अन्त्यमा कुहिएर, बिग्रिएर कम मूल्यमा बिक्री हुने तरकारीको मूल्य किसानले पाउँछन् । सुरुमा बिहान तरकारीको मूल्य चर्को हुन्छ । त्यसपछि बीचमा अलि सस्तो हुन्छ । अन्त्यमा बाँकी रहेका बिक्री हुन नसकेका तरकारी सस्तोमा बेचिन्छ त्यो मूल्य किसानलाई दिने गरिएको छ ।

उपभोक्ता संरक्षण मञ्चका महासचिव बाबुराम हुमागार्इंले गर्नुभएको एक अध्ययन अनुसार किसानबाट खरिद गरिएको सस्तो तरकारी बिचौलियाका कारण उपभोक्ताले महँगोमा किनेर खान बाध्य छन् । अनुसन्धानकर्ता हुमागार्इंले भन्नुभयो, मानौ किसानसँग २० रुपियाँमा किनेको कुनै तरकारी आम उपभोक्ताको हातमा पुग्दा ७५ रुपियाँदेखि ८५ रुपियाँसम्म कसरी पर्छ । सुरुमा ढुवानीकर्ताले किसानको खेतबाट किनेको तरकारीको मूल्य तोक्दैन । उसले किनिसकेपछि ढुवानी खर्च दुई रुपियाँ, प्याकेजिङ खर्च एक रुपियाँ र आफ्नो नाफा पाँच रुपियाँ गरी आठ रुपियाँ प्रतिकेजी तोकेर बिचौलियालाई २८ रुपियाँमा त्यो तरकारी बेचेको हुन्छ ।

प्रतिवेदन सार्वजनिक गर्दै हुमागार्इंले भन्नुभयो, त्यसपछि त्यो बिचौलियाले साढे चार रुपियाँ अर्थात १५ प्रतिशत मूल्य थप्छ । किसानबाट किनिएको २० रुपियाँ प्रतिकेजीको तरकारी बिचौलियाले थोक बिक्रेतालाई साढे ३२ रुपियाँमा बेच्छ । थोक बिक्रेताले साढे ३२ रुपियाँ प्रतिकेजीमा किनेको तरकारीमा २० प्रतिशत मूल्य अर्थात छ रुपियाँ ४४ पैसा थप गरी खुद्रा व्यपारीलाई बिक्री गर्छन् । खुद्रा व्यापारीको हातसम्म पुग्दा २० रुपियाँ केजीको तरकारीको मूल्य ३८ रुपियाँ ९४ पैसा अर्थात ३९ रुपियाँ पुगिसकेको हुन्छ । तरकारी ढुवानी गर्दा कुहिने र बिग्रने भन्दै बिचौलिया र व्यापारीले प्रतिक्वीन्टलमा १० प्रतिशतका दरले १० किलो तरकारीको मूल्य किसानलाई दिँदैनन् ।

अब खुद्रा व्यपारीले त्यसमा ३० प्रतिशत मूल्य तय गरी बजारका अन्य खुद्रा पसलेलाई बेच्छन् । खुद्रा पसले किनेको ५० रुपियाँ ४४ पैसाको तरकारी आफ्नो पसल र गल्लीका चोकबाट ७५ देखि सय रुपियाँमा आम उपभोक्ताको हातबाट बेचेका हुन्छन् । यसरी लगानी नै नगरिकन २० रुपियाँमा किनेको तरकारीमा मनपरि मूल्य थप्दै उपभोक्तालाई चर्को मूल्यमा किन्न बाध्य बनाएको हुन्छ । त्यति मात्र होइन, खेतबाट किनिसकेको तरकारी बिक्री नभएसम्म किसानले पैसा पाउँदैनन् । बिचौलियाले किनेको तरकारीको पैसा पाउन किसानले निकै सङ्घर्ष गर्नुपरेको हुमागाईंको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धनकर्ता हुमागाईंले काभ्रेको पाँचखाल र बनेपा, पर्साको वीरगञ्ज, मकवानपुरको पालुङ र काठमाडौँको कालिमाटी तरकारी बजारमा नमुनाको रूपमा तरकारी किनबेचको अध्ययन गर्नुभएको छ । अध्ययनका लागि उहाँले तरकारी उत्पादक किसान, आम उपभोक्ता, सङ्कलनकर्ता, बिचौलिया र थोक बिक्रेता तथा साना पसलेसँग छलफल गरी त्यो निष्कर्ष निकाल्नुभएको हो ।  सो अनुसन्धानमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सरोकारवाला कर्मचारीलाई पनि सहभागी गराइएको थियो ।

किसानले उत्पादन गरेको तरकारी ढुवानी गर्ने व्यवस्था सरकारले मिलाउन सके उपभोक्ताले सस्तोमा तरकारी खान पाउने निष्कर्ष निकालेको छ । विभिन्न चरणको लेयरलाई तोडेर सिधै खेतबाट बजारसम्म तरकारी पु¥याउन सक्यो भने मात्र तरकारी सस्तो हुन्छ नभए यी बिचौलिया र ढुवानीकर्ताको सिन्डिकेट रह्यो भने तरकारी झन् महँगिदै जाने हुमागाईंले बताउनुभयो ।

प्रतिवेदन सार्वजनिकपछि कृषि मन्त्रालयका सचिव युवकध्वज जोशीले कालिमाटी तरकारी बजारको सिन्डिकेटका कारण तरकारी महँगो भएको बताउनुभयो । सिन्डिकेट नतोडेसम्म किसान पनि ठगिने र उपभोक्ता पनि ठगिनेछन्, उहाँले भन्नुभयो, कालिमाटी तरकारी बजारमाथि हस्तक्षेप गर्ने बेला आएको छ । कृषि विभागका रामकृष्ण श्रेष्ठले किसानले आफूले उत्पादन गरेको तरकारीको मूल्य लागतअनुसार निर्धारण गर्न पाउनुपर्ने बताउनुभयो । बिचौलियाबाट उपभोक्ता मात्र होइन किसान पनि ठगिएको बताउँदै यसमा नियन्त्रण हुनुपर्ने कुरामा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शङ्कर शर्माले तरकारी बजार बिचौलियाको कब्जामा रहेको दाबी गर्नुभयो । बिचौलियाको सिन्डिकेट तोड्न पाएमात्र तरकारी सस्तोमा खान पाइन्छ नभए झनै महँगो हुँदैजाने अवस्था रहेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter