शुरु भयो रातो मच्छिन्द्रनाथको रथयात्रा

Machindranath Jatraकाठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आजदेखि तान्न सुरु गरिएको छ । ललितपुरको पुल्चोकमा बनाइएको रथ पुल्चोकबाट तानेर साँझ गावाहलसम्म पुर्याइनेछ ।

रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ । रथयात्राले गर्दा ललितपुर जिल्लामा चल्ने सवारी साधन ठप्प हुने गरेको छ ।

विशेषगरी रथयात्राको पहिलो दिन हात्तिवन, लगनखेल र जावालाखेलबाट रत्नपार्क जाने/आउने सवारी साधनलाई असर पार्ने गरेको छ ।

यसरी मनाउन थालियो रथयात्रा जात्रा
रातो मच्छिन्द्रनाथ काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।

ऐतिहासिक भनाइअनुसार कलिगढ संवत् ३५८८, ईस्वी संवत् ६५९, सख् संवत् ५४४मा मच्छिन्द्रनाथ उपत्यकामा ल्याइएको हो । जब रातो मच्छिन्द्रनाथ बुंगमती ल्याइयो, तब गुरु गोरक्षनाथ उहाँको आदर स्वागतका लागि उठेपछि नागहरूले मुक्ति पाए । त्यसपछि घनघोर वर्षा भयो । रातो मच्छिन्द्रनाथबाट यस्तो लोकहित र लोककल्याणकारी कार्य सम्पन्न भएकोले रातो मच्छिन्द्रनाथलाई लोकेश्वर भनेर पुकारिनुको साथै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा मनाउन थालिएको हो ।

ललितपुरमा मनाइने यो जात्राले लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । जात्रा अवधिभर ललितपुरका साथै काठमाडौं र भक्तपुर तीनै सहरका भक्तजनको ओइरो लाग्ने गर्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter