अब मिनिबस र ट्याक्सीका पनि सिण्डिकेट खारेजी गर्छाैंः यातायातमन्त्री

government logoकाठमाडौं, १० बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्धघोष गरेका छन् । सोमबार राजधानीमा अायाेजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होईन नि, हामीले त कार्यान्वयन गराएका हौं, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो, हामीले कार्यान्वयन गरेका छौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित् गर्छौं।’

उनले पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपर्ने बताउँदै उनले सरकार सोही अनुसार अघि बढिरहेको स्पष्ट पारे । उनले भने,‘विकृति र विसंगतिका विरुद्ध हाम्रो प्रयास हो, हामी सफल भएर छाड्छौं, अन्तिममा आएर बस व्यवसायीहरुलेपनि आन्दोलन फिर्ता गरेर हामीलाई सहयोग गर्नुहुन्छ।’

सिण्डिकेटको अन्त्य अहिले नभएर धेरै पहिल्यै भैसकेको जनाउँदै उनले भने,‘अहिले नेपालमा कतै सिण्डिकेट छैन् । पहिला थियो । तर, यो सरकारले सिण्डिकेट खारेजी गरिदिएको छ ।

आजको दिनमा हामीले सिण्डिकेट प्रणाली खारेज गरिसकेका छौं । मात्रै के सवाल हो भने उहाँहरुलाई नविकरण गर्ने सवालमा कम्पनी ऐन अन्र्तगर्त आओस् भनेर हामीले यो असार मसान्तसम्म समय दिएका छौं । हो, कम्पनी दर्ता गर्नको लागि समय चाहिन्छ ।’

उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्र्तगत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर बैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिए । महासेठले भने,‘सरकार आँफै बस सञ्चालन गरेर व्यवसाय गर्ने पक्षमा छैन, यदि उहाँहरुले आम हड्ताल फिर्ता लिनुहुन्न भने हामी बाध्य भएर बैकल्पिक व्यवस्थाबारे सोच्छौं, हामी पर्यो भने नयाँ बस ल्याउन सक्छौं।’

कम्पनी ऐन अन्र्तगत व्यवसायीहरु आउँद यसले बसका असली मालिकहरुलाई फाईदा हुने उनको भनाई थियो । उनले भने,‘कम्पनी अनुसार आउँदाखेरि कर्मचारीहरुको रोजगारीको सुनिश्चितता् हुन्छ, चालक तथा सह–चालकको पनि रोजगारी यसले ग्यारेण्टी गरेको छ, सिण्डिकेटले कृत्रिम बस मालिकहरुलाई मात्रै फाईदा छ।’
उनले कम्पनी ऐन अन्र्तगत आउने काम सम्पन्न भएसँगै आफूहरुले सवारीमा डा«ईभरको ‘ड्रेस कोड’, सिटको उचित प्रबन्ध, जेष्ठ नागरिक तथा महिलाहरुको

लागि छुट्टै सिटको व्यवस्था गरिनेपनि जनाए । उनले भने,‘अहिलेपनि यो काम भैरहेको छ, अझै थप व्यवस्थित् र प्रभावकारी रुपमा कार्यान्वयन गर्नेगरि सरकार अघि बढ्छ।’

सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन् नि भनेर सोधेको प्रश्नमा मन्त्री महासेठले भने,‘सिन्डिकेट हटेपछि यातायात समिति र संघले धमाधम पैसा झिक्न थालेको जानकारी प्राप्त भएको छ, पैसा झिकेर कोही पनि उम्किन पाउने छैनन्।’

उनले अघि भने,‘कोषमा जम्मा भएको पैसा झिकेको जानकारी आएको छ, पैसा झिकेको रेकर्ड सरकारले निकाल्छ, हामी तिनीहरुलाई छानबिनको दायरामा ल्याएर छाड्छौं, बदमासी गरेर पैसा लुकाइएको पाइएमा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउँछौं।’

सिण्डिकेट हटाउनेबारे सरकारले एकलौटी निर्णय गरेको भनेर व्यवसायीहरु आरोप लगाएका छन नि भनेर सोधिएको अर्को प्रश्नमा मन्त्री महासेठले आफूहरुले यातायात क्षेत्रमा पैदा भएका सबैखाले विकृति र विसंगतिहरुलाई हटाएको दाबी गरे । उनले भने,‘विकृति र विसंगति हटाउनको लागि कसैलाई सोध्नुपर्छ र ?’ उनले सिण्डिकेटको बारेमा अब कुनै सम्झौता नहुने जिकिर गरे । ‘सरकारले गरेको निर्णय अब कुनैपनि हालतमा फिर्ता हुँदैन्’ मन्त्री महासेठले भने,‘तपाईहरु पुर्णरुपमा ढुक्क हुनुहोस् ।’

उनले आफू व्यवसायीहरुलाई सुविधा दिन तयार रहेको बताए । उनले थपे,‘हामी उहाँहरुलाई सुविधा दिनेबारे लचिलो छौं, तर सिण्डिकेट र कम्पनी ऐन अन्र्तगत आउने कुरामा व्यवसायीहरुप्रति मेरो कुनै सहानुभुति हुँदैन्।’

सिण्डिकेट अन्त्य गर्न सबैको साथ र सहयोग रहेकोले अब सरकारले अघि सारेको यो कदमलाई सफल बनाउनको लागि कांग्रेस र मधेशवादी दलहरुलेपनि साथ दिनुपर्ने उनको भनाई छ ।

आफूहरुले समग्र यातायात क्षेत्रलाई व्यवस्थित् र सुधार गर्नको लागि मन्त्रालय अन्तर्गत सुधार तथा सुझाव समिति गठन गरेर काम गरिरहेको जनाउँदै उनले भने,‘सर्वोच्च अदालतले हिजो आयोग गठन गर्नको लागि निर्देशन दिएको छ, हामी सम्मानित अदालतको निर्देशन बमोजिम अघि बढ्छौं।’

सवारी कर तिर्नको लागि अब सरकारले बैंकिङ् प्रणालीको सुविधा प्रदान गर्ने उनले विश्वास दिलाए । उनले भने,‘हामी यातायात व्यवसायीहरुलाई सुविधा दिन्छौं, उहाँहरुले नियम अनुसार कर तिर्नुपर्यो।’ उनले आफूहरु छिटोभन्दा छिटो निर्देशिका जारी गर्ने तयारीमा रहेको बताउँदै उक्त निर्देशिका जारी भएसँगै सरकारी बैंक अन्तर्गत र स्थानीय बैंकिङ उपलब्धतताका आधारमा पैसा बुझाउने व्यवस्था गर्ने जनाए ।

अझैपनि सिण्डिकेट फर्किन्छ कि भन्ने डर, त्रास र शंका नपाल्नको लागि आम जनतालाई आग्रह गर्दै मन्त्री महासेठले भने,‘ढुक्क हुनुहोस्, अब सिण्डिकेट फर्किँदैन्, सदाका लागि अन्त्य भैसकेको छ, यो खारेजी भैसकेको छ।’

उनले सिण्डिकेटका विरुद्धमा सरकारलाई साथ दिईरहेका बस व्यवसायीहरुको सरकारले पूर्ण रुपमा सुरक्षा प्रदान गर्ने विश्वास दिलाए । उनले भने,‘सरकारले पूर्ण रुपमा सुरक्षा दिन्छ, यसमा कुनै दुईमत छैन, सरकार चुपचाप बस्दैन, तोडफोड गर्नेहरुलाई कडा कारबाही गर्छौं।’

फरक प्रसँगमा उनले सन् २०१८ भित्रै नेपालमा रेल चल्ने कुरा मन्त्री महासेठले दोहोर्याएका छन् । उनले भने,‘हामी २०१८ भित्रै नेपालमा रेल चलाउँछौं, त्यस्तै केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलपनि चलाउँछौं, होला बरु ५ वर्ष भनेकोमा ६ वर्ष लाग्ला, तर ७ वर्ष कुर्नुपर्दैन्।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अब हुने नेपाल भ्रमण सद्भाव भ्रमण भएकोले सोही अनुसार कुराकानी हुने बताए । उनले भने,‘रेलको बारेमा हामीले अस्ति भारत जाँदा नै कुरा गरिसकेका छौं, अब उहाँ नेपाल भ्रमणमा आउँदा कुरा हुँदैन्।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter