शुल्क नियन्त्रण गर्न शिक्षामन्त्रीको स्थानीय तहलाई आग्रह

Education Minister Pokharelकाठमाडौँ, वैशाख ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संस्थागत (निजी) विद्यालयले आफूखुशी लिइरहेको शुल्क नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

जनप्रतिनिधिसहित मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पोखरेलले संस्थागत विद्यालय शुल्क निर्देशिका, २०७२ को सीमामा रहेरमात्र निजी विद्यालयले शुल्क लिनुपर्नेमा त्यसको सीमा उल्लङ्घन भएको पाइएकाले आवश्यक कारवाही गर्न आग्रह गर्नुभयो र त्यसमा संघीय सरकारको साथ रहेको स्पष्ट गर्नुभयो । संविधानतः विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको हो ।

उहाँले सामुदायिक विद्यालयको स्तरवृद्धि नगरी मुलुकको शिक्षामा परिवर्तन नहुनेतर्फ आफू सचेत रहेको र त्यससम्बन्धी नीति, कानून र योजनाको तयारी भइरहेको जानकारी दिँदै प्रदेश र स्थानीय तहका लागि आवश्यक शिक्षासम्बन्धी नमूना कानूनको पनि तर्जुमा गरिने बताउनुभयो । मन्त्रालयले संस्थागत विद्यालयसम्बन्धी विद्यमान नीति र शुल्क निर्धारण मापदण्डबारे जानकारी गराएको थियो ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार स्थानीय तहलाई अधिकार निक्षेपण गर्ने दिशामा अग्रसर भएको र माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजालाई असर पर्ने भनिएकाले हाललाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ राखिएको स्पष्ट गर्नुभयो ।

मन्त्रालयका सचिव खगराज बरालले संघीयता संक्रमणको चरण भएकाले सबै सरकारबीच समन्वय गरेर शिक्षाको अधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न महानगर र नगरपालिकाका प्रतिनिधिले शिक्षाका सबै अधिकार तल नआएको, कर्मचारी अपुग भएको र सामुदायिक विद्यालयका शिक्षकको जथाभावी सरुवा गरिएको गुनासो गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter