फेवाताल अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सर्वोच्चको आदेश

Supreme Courtकाठमाडौं, वैशाख १६, २०७५ सर्वोच्च अदालतले पोखराको फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काउन आदेश दिएको छ । अतिक्रमण गरेर निर्माण भएका टहरा भत्काउन न्यायाधीशद्धय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आदेश दिएको हो । आदेशमा फेवाताल अतिक्रमण गरी निर्माण गरिएका टहरा गैरकानूनी भएको भन्दै भत्काउन भनिएको छ ।

अधिवक्ता खगेन्द्र सुवेदीले २०६८ असार २३ मा दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । फेवालतामा निर्माण भएका गैरकानूनी टहरा भत्काउन माग गर्दै २०६७ साल यता सार्वेच्चमा ४ वटा रिट दर्ता भएका थिए । सर्वोच्चले ती सबै रिट जारी गर्दै फेवाताल जस्तो प्रकृतिक सम्पदाको जग्गा व्यापारिक प्रयोजनमा प्रयोग गर्नु गैरकानूनी भएको ठहर समेत गरेको छ । यस्तै, सर्वोच्चले फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा २०६९ सालमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न समेत भनेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter