सगरमाथा आरोहणमा हालसम्मकैै धेरै नेपाली

Moun Everestविश्वास रेग्मी / काठमाडौँ, वैशाख १८ गते । विश्वकै अग्लो शिखर सगरमाथा आरोहणका लागि यस वर्ष आइतबारसम्म २० जना नेपालीले पर्यटन विभागबाट अनुमति लिएका छन् । एकै वर्षमा सगरमाथा आरोहणका लागि नेपालीले अनुमति लिएको यो हालसम्मकै धेरै हो ।

गत वर्ष ‘स्प्रिङ सिजन’मा सगरमाथा आरोहणका लागि विभागबाट सातजना नेपालीले अनुमति लिएका थिए । सगरमाथा आरोहणमा पछिल्लो समय नेपालीको आकर्षण बढेको र यसले राम्रो सन्देश जाने नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाले बताउनुभयो । गाइड बाहेकको यो सङ्ख्या उत्साहजनक रहेको उहाँले बताउनुभयो ।

विभागले आइतबारसम्म यस सिजनका लागि ७९२ जनालाई आरोहण अनुमति दिएको छ । सगरमाथा आरोहणका लागि मात्रै ३४ वटा विदेशी आरोहण दलका ३२६ जनाले अनुमति पाएको विभागले जनाएको छ । नेपालका चारवटा आरोहण दलमा २० जना सदस्य छन् । विभागले २६ वटा हिमालका लागि ९८ वटा आरोहण दललाई अहिलेसम्म अनुमति दिएको जानकारी दिएको छ । अघिल्लो वर्ष यसै सिजनमा ७४० जनाले आरोहण अनुमति प्राप्त गरेका थिए । यस वर्ष अहिले नै त्यो सङ्ख्या नाघिसकेको र यो बढ्ने क्रममा रहेको विभागका पर्वतारोहण शाखाका जीवन रावतले बताउनुभयो । everest

सगरमाथा पछि ल्होत्सेमा आरोहीको आकर्षण बढी छ । दसवटा आरोहण दलका एक सय सात जनाले यो हिमाल आरोहणको अनुमति पाएका छन् । त्यसपछि छ हजार ८१४ मिटरको आमादब्लम हिमाल आरोहणका लागि छ दलका ४९ जनाले अनुमति पाइसकेका छन् । आरोहण अनुमति प्राप्त गर्ने सङ्ख्याको हिसाबले कन्चनजङ्घा, मुस्ताङ र नुप्त्से अगाडि छन् । कन्चनजङ्घामा पाँच आरोहण दलका ४४ जना, मुस्ताङ र नुप्त्सेमा समान तीन आरोहण दलका ४० जना जनाले अनुमति पाएका छन् । अन्नपूर्ण, च्छोपाबामरे, मुकोट, पेरी र हिम्लुङ हिमाल आरोहणका लागि अहिलेसम्म समान एकजनाले मात्र अनुमति पाएका छन् ।

विभागले अहिलेसम्म उल्लेखित हिमालबाहेक धौलागिरि, गन्चेन्पो, गौगिरी, मकालु, मकालु दोस्रो, मनास्लु, ओमी सो गो हिमालका लागि आरोहण मिति उपलब्ध गराएको छ । त्यस्तै पामकर, सारिबुङ, थापा पिक धम्पुस, थोराङ पिक, तिलिचो पिक, बरुन्त्से, चाम्लाङ र धेन्च्यानखाङ् हिमाल आरोहणको अनुमति दिएको विभागले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter