एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आग्रह

Party Unityकाठमाडौँ, वैशाख १९ गते । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकताको प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पु¥याउन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा आज सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शीघ्र टुंग्याउन दुवै पार्टीका नेतृत्व तहलाई आग्रह गर्दै गम्भीर ध्यानाकर्षित गरेको छ ।

बैठकले बजारमा सिर्जना भइरहेको मनपरितन्त्र, बिचौलिया, मुनाफाखोर र सरकारी नियमन निकायको उदासिनाका कारण अत्यावश्यक वस्तुको मूल्यवृद्धि अन्त्य गरी सर्वसुलभ व्यवस्थापनका निम्ति सरकारसँग अनुरोध गरेको छ ।

साथै बैठकले आयोगका कामकारबाही व्यवस्थित गर्न आठ सदस्यीय सचिवलाय गठन गरेको छ ।

नवगठित सचिवालयमा अमृतकुमार बोहराल शिवबहादुर देउजा, भरत पहाडी, भोजराज जोशी, शान्ति खनाल, निर्मल सुवेदी, कर्णबहादुर घले र चक्रबहादुर पराजुली रहनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter