ऐतिहासिक ढुङ्गेधाराको संरक्षण

Dhunge Dharaबाबियाचौर, म्याग्दी, वैशाख २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ऐतिहासिक पहिचान झल्कने ढुंगेधाराको संरक्षण गरेका छन् ।

आधुनिक समाजको विकास क्रमसँगै कुनै समय गाउँबस्तीमा खाने पानी आपूर्तिको स्रोतको रुपमा रहेको ढुंगेधाराको जीर्णोद्धार गरेर व्यवस्थित बनाइएको थियो । प्रवासमा रहेका युवाको पहलमा आर्थिक स्रोत जुटाएर स्थानीय बासिन्दाले “सुनधारा” नामाकरण गरेको ऐतिहासिक सम्पदाको संरक्षण गरिएको वडा सदस्य हर्कबहादुर पुर्जाले जानकारी दिनुभयो ।

पित्तल धातु लेपन गरेर गाई र साढेको अनुहार आकार भएको दुईवटा धाराबाट पानी खस्ने बनाइएको छ । ट्यांकी निर्माण, धाराको भित्ता र भूइँमा टायल बिछ््याइएको छ । गुजुमुञ्ज ढुंगे घरको बाक्लो बस्ती रहेको घराम्दी गाउँको सबैभन्दा तल रहेको धाराको दुईतर्फ चौतारी बनाइएको छ ।

रातको समयमा उज्यालोका लागि विद्युत् जडान गरिएको छ । घर÷घरमा खानेपानीको धारा जडान भए पनि कपडा धुन र स्नानका लागि घराम्दीवासी उक्त धाराको प्रयोग गर्छन् । पहिले ढुंगाको धारा रहेको उक्त स्थानमा विसं २०३३ मा एक विदेशी नागरिकको पहलमा व्यवस्थित गरिएको थियो ।

“सुनधारा” घराम्दी गाउँको ऐतिहासिक पहिचान र सम्पदा भएको स्थानीय अगुवा तीर्थबहादुर फगामीले बताउनुभयो । धाराको जीर्णोद्धारका लागि घराम्दी घर भई हाल साउदीमा रहनुभएका कर्ण पुर्जा पुनको पहलमा देश विदेशमा रहेकाबाट रु १५ लाख ३४ हजार ४११ सहयोग जुटाइएको थियो ।

ऐतिहासिक महत्वको धाराको संरक्षण र जीर्णोद्धारका लागि सामाजिक सञ्जाल मार्फत अभियान सञ्चालन गरेर आर्थिक स्रोत जुटाइएको अभियन्ता पुर्जाले बताउनुभयो । धाराको जीर्णोद्धार सम्पन्न भएपछि बचत भएको करिब रु पाँच लाख गाउँको ढल निकासका लागि उपलब्ध गराइएको वडा सदस्य पुर्जाले बताउनुभयो ।

एक सय २० जना चन्दादाताले गरेको सहयोगको विवरण शिलालेख बनाइ सार्वजनिक गरिएको छ । ९५ घरधुरी रहेको घराम्दी गाउँमा खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयमार्फत एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माणकार्य अन्तिमचरणमा पुगेको छ । घर÷घरमा खानेपानी सुविधासँगै व्यवस्थित ढल निकास गरेर गाउँलाई सरसफाइमा नमूना बनाउने घराम्दीवासीको योजना रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter