विदेशबाट फर्केर दुग्ध व्यवसायमा सफल

milk-collection_g-660x330कोकिला भण्डारी / धनकुटा, वैशाख २१ गते । भारतमा ११ वर्ष मजदुरी गरी फर्केका काशिनाथ निरौलाले अहिले स्वदेशमै दुग्ध व्यवसायमा जम्नुभएको छ । यस व्यवसायबाट आफ्नो जीवनले नयाँ मोड लिएको उहाँ बताउनुहुन्छ ।

भारतको मेघालयमा सात वर्षको मजदुरीपछि अरुणाञ्चल प्रदेशको एक गाई फार्ममा चार वर्ष काम गर्नुभएका निरौलाले नेपाल आएर आफ्नै गाउँमा दुग्ध उद्योग खोलेर केही गर्ने सोचाइ अनुसार काम गरेको बताउनुभयो ।

कुनै बेला मजदुरी गरेर परिवार पाल्न मुस्किल हुने धनकुटा सिँधुवाका काशिनाथ निरौला अहिले दैनिक ११ जनालाई रोजगारी दिएको बताउनुहुन्छ । उहाँले अहिले दैनिक दुई लाख ६० हजार रुपियाँ बराबरको पाँच हजार लिटर दूधबाट दुग्धजन्य वस्तु उत्पादन गरेर दुई लाख ९० हजार रुपियाँभन्दा बढीको कारोबार गर्नुभएको छ । उक्त कारोबारबाट दैनिक १९ हजार रुपियाँभन्दा बढी कमाइ हुने गरेको उहाँले बताउनुभयो ।

२०६५ सालमा ४० हजार रुपियाँको लगानीमा शिव शक्ति दुग्ध उद्योग सञ्चालन गरी निरौलाले हाल लगानी बढाएर एक करोड ५० रुपियाँ लाख पु¥याउनु भएको छ । उहाँले बर्खाको छ महिनामा चार करोड ६८ लाख र हिउँदका छ महिनामा ४८ लाख रुपियाँसम्म गरी वर्षमा पाँच करोड १६ लाख रुपियाँभन्दा बढीको कारोबार गर्नुभएको छ । nepal dairy industry

प्रारम्भमा आधाआधा केजी घ्यू र छुर्पी बनाएर घ्यू ३४० मा र चार सयमा छुर्पी बेचेको उहाँलाई अझै सम्झना छ । त्यो बेला सम्झँदै निरौला भन्नुहुन्छ, उद्योग सुरु गरेको पाँच वर्ष त परिवार पाल्न पनि पुगेन । कारण कुनै प्राविधिक ज्ञानबिना नै अरूले काम गरेको हेरेर निरौलाले उक्त समयमा व्यसवसाय सुरु गर्नुभएको थियो । बिनाअनुभव उत्पादन गरेका वस्तुहरू बिग्रने र गुणस्तर नहुने भएकाले उहाँको उत्पादन नबिकेपछि उहाँलाई उक्त समयमा परिवार पाल्न पनि मुस्किल थियो ।

तर विस्तारै उहाँले दुग्ध जन्य वस्तु बनाउने प्राविधिक सीप सिकेर उत्पादित वस्तुको बजार विस्तारसमेत गरेपछि उद्योग र आम्दानीमा सुधार आउन थाल्यो । त्यसपछि उहाँले २०७१ सालमा लगानी थप गरेर ६२ लाखको लागतमा भीरगाउँ र सिंधुवामा एकैसाथ व्यवसाय सुरु गर्नुभयो ।

यस बीचमा २०७२ साल असारमा उहाँको उद्योगमा आगलागी भएर सबै उद्योग नष्ट भयो ।

तर उहाँको त्यो मिहिनेत र उद्योगप्रतिको लगाव देखेर त्यो बेला विभिन्न व्यक्तिको सहयोगबाट उहाँले उद्योग पुनः स्थापना गर्नुभयो । उहाँले दुग्ध व्यवसायबाट कमाएको ३८ लाख र अन्य समाजको सहयोग ऋणबाट एक करोड १७ लाख रुपियाँमा उद्योग पुनः स्थापना गर्नुभएको थियो । उहाँले अहिले फागुनदेखि असार साउनसम्मको छ महिना आफ्नो उद्योगको पूर्ण क्षमतामा दैनिक दुई सय केजी घ्यू, दुई सय केजी छुर्पी र माग अनुसार पनिर बनाएर बिक्री गर्ने गर्नुभएको छ ।

यस छ महिनामा प्रशस्त दूध पाउने भएकोले उहाँले मासिक ८७ लाख भन्दा बढीको कारोबार गरेर मासिक छ लाख रुपियाँभन्दा बढी कमाउने गर्नुभएको छ तर बाँकी छ महिना हिउँदको समयमा दूध अभावका कारण मासिक आठ लाखको कारोबार गरे २० हजार रुपियाँभन्दा बढी कमाइ नहुने उहाँको भनाइ छ ।

हिउँदमा दैनिक छ सय लिटरको भरमा उद्योग चलाउनु पर्ने बाध्यता छ, उहाँले भन्नुभयो । छ महिना उद्योग टिकाएर बस्नु पर्छ । हाल धनकुटाका पाँच वटा दुग्धजन्य उद्योगबाट वार्षिक ५७ मेट्रिक टन २९ करोड आठ लाख ७५ हजार रुपियाँ बराबरको दुग्धजन्य वस्तु जिल्लाबाहिर निकासी हुने जिल्ला पशु कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा धनकुटाबाट एक करोड २० लाख रुपियाँ बराबरको १६ मेट्रिक टन छुर्पी, ७१ लाख रुपियाँ बराबरको १३ मेट्रिक टन चिज, ७८ लाख रुपियाँ बराबरको १२ मेट्रिक टन घ्यू र २० लाख बराबरको २० मेट्रिक टन निकासी भएको छ । यस आर्थिक वर्षमा ५२ करोड ३३ लाख २० हजार बराबरको १३ हजार ८३ मेट्रिकटन दूध उत्पादन भएको थियो ।

उक्त उत्यादनमध्ये २९ करोड ४३ लाख ६८ हजार बराबरको छ हजार ५४२ मेट्रिकटन दूध जिल्लाबाहिर निकासी भएको कार्यालयका निमिक्त प्रमुख झविन्द्र मरासिनीले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter