सार्वजनिक यातायात सञ्चालन

Public Transportकाठमाडौँ, वैशाख २२ गते । सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् ।

यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसार सामाजिक संस्थाकारुपमा दर्ता गरेर व्यापार गर्न पाउनुपर्छलगायत माग राखेर यातायात व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए ।

अत्यावश्यक सेवा बन्द गरेपछि सरकारले शुक्रबार नै कडा कारबाहीको निर्णय गरेको थियो । उपत्यकाका केही रुटमा चल्ने माइक्रोको ‘रुट परमिट’ यातायात व्यवस्था विभागले शुक्रबार नै खारेज गरेको थियो ।

विभागका प्रवक्ता तुलसीराम अर्याल व्यवसायीले बुझाएको ज्ञापनपत्रमा शुक्रबारदेखि लगातार बन्द गर्ने उल्लेख गरेको बताउनुहुन्छ । विभाग यातायात क्षेत्रका कानून कार्यान्वयनमा लागेको उहाँले भन्नुभयो ।

आम मानिस यातायात एकाधिकार (सिन्डिकेट) का विरुद्धमा भएको जनमत बुझेपछि व्यवसायीले आजदेखि बन्द फिर्ता लिई सवारी चलाएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले शुक्रबार एक दिनमात्र सार्वजनिक सवारी थन्क्याएको दाबी गर्नुहुन्छ ।

“हामीले एक दिन यातायात थन्क्याउँदा अत्यावश्यक ऐनका नाममा घरघरबाट पक्राउ गरियो, राजनीतिक दलले यातायात बन्द गर्दा अत्यावश्यक ऐन लागू हुन्छ ? घरघरबाट ७३ जना यातायात व्यवसायी पक्राउ परेका छन्, आजसम्म नछोडे बैठक बसेर अन्य कार्यक्रम सार्वजनिक गर्छौं”, उहाँले भन्नुभयो ।

शुक्रबार यातायात बन्द हुँदा लाखौँ यात्रु हिँड्न बाध्य भएका थिए । कम्पनीका केही सवारी मात्र फाट्टफुट्ट चलेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter