पर्यटन क्षेत्रको सुधारका लागि विज्ञ समूह गठन

government logoकाठमाडौँ, वैशाख २७ गते । पर्यटन क्षेत्रको समग्र सुधारको कार्ययोजनासहितका रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सरकारले ३५ सदस्यीय पर्यटन क्षेत्रका विज्ञ (थिङ ट्याङ्क ग्रुप) समूह गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा विभिन्न क्षेत्रमा आबद्ध भई विज्ञता हासिल गरेका व्यक्तिको ज्ञान, सीप, दक्षता र अनुभव उपयोग गर्ने उद्देश्यले सो समूह गठन गरेको हो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा रहने उक्त समूहमा मन्त्रालयका सचिव तथा पर्यटन सम्बद्ध सहसचिवहरु पनि रहनेछन् ।

विज्ञ समूहले पर्यटन क्षेत्रको विषयगत सुधारका विषयमा केन्द्रित भएर राय सुझाव दिने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले पर्यटन क्षेत्रमा गरिनुपर्ने कामको प्राथमिकीकरण निर्धाणर गरी त्यसअनुसारको योजना र कार्यक्रम बनाउन एक÷दुई दिनभित्रै विज्ञ समूहको बैठक बस्ने बताउनुभयो ।

नेपालको पर्यटन क्षेत्र सुधारका लागि आवश्यकताअनुसार सो समूहले सुझाव प्रदान गर्नेछ । विज्ञ समूहले पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका लागि राय÷परामर्श दिनेछ भने सरकारबाट समय समयमा गठन हुने विभिन्न कार्यदलमा विज्ञहरुका रुपमा सेवा प्रदान गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञ समूहमा मनोनयन भएका सदस्यहरुमा अर्जुन शर्मा, अनिल चित्रकार, कुन्दनमणि दीक्षित, डा गंगाप्रसाद अकेला, चन्द्रप्रसाद ढकाल, छाया शर्मा, छेवाङ लामा, ज्योति अधिकारी, दीपेन्द्रपुरुष ढकाल, प्रदीपराज पाण्डे, प्रचण्डमान श्रेष्ठ, वसन्त मित्र, वासु त्रिपाठी, विजय अमात्य र मदन आचार्य हुनुहुन्छ । त्यसैगरी, महेन्द्रसिंह थापा, याङ्किला शेर्पा, योगेन्द्र शाक्य, रविजंग पाण्डे, राज ज्ञवाली, रोशन थापा, लाक्पासोनाम शेर्पा, शिव ढकाल, सञ्जय चौधरी, सिर्जना राणा, सुमन पाण्डे, सुरेशमान श्रेष्ठ, सुनिल शाक्य, सुबोध राणा, तेजबहादुर ढकाल, सीताराम सापकोटा हुनुहुन्छ ।
संस्थागततर्फ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण संघ र प्यासिफिक एशिया ट्राभल एशोसिएसन, पाटा नेपाल च्याप्टरका अध्यक्षहरु विज्ञ समितिमा रहने मन्त्रालयले जनाएको छ ।

काभ्रेमा विमानस्थल टुंगो लगाउन समिति गठन

काभ्रेपलाञ्चोकमा विमानस्थल बनाउनका लागि उपयुक्त स्थान छनोट गर्न सरकारले इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केहीदिनअघि उक्त समिति गठन गर्नुभएको हो ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकद्वय वदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहनुभएको छ । समितिको सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा हुनुहुन्छ ।

मन्त्री अधिकारीले हालै बनेपा नगरपालिकाको नागीडाँडा, धुलीखेल नगरपालिकाको चिसापानी ठूलीचौर र देवीस्थान ठूलीचौरकोे स्थलगत भ्रमणका क्रममा उपयुक्त विकल्पसहितको सुझाव दिन समिति गठन गर्ने बताउनुभएको थियो ।

उक्त समितिलाई ती तीन ठाउँ वा अन्य उपयुक्त ठाउँको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्नुपर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter