मिहिनेत किसानको फाइदा लिने बिचौलिया

Vegetableमधुसुधन तिमल्सिना / काभ्रे, वैशाख २८ गते । पछिल्लो समय बजारमा मल,बीउलगायतका कृषि उत्पादनमा प्रयोग हुने सामानको मूल्य आकाशीय पनि किसानले भने मिहिनेतको मूल्य पाउन सकेका छैनन् । खेतबारीमा मिहिनेत किसानको भए पनि उत्पादनलाई बजारसम्म पु¥याउँदा बिचौलियाको हातमा मोटो रकम पुग्न थालेको छ । बजारमा खरिद गरिने सामग्रीको मूल्य बढ्दो क्रममा रहे पनि किसानले उत्पादन गरेको कृषि सामानको मूल्य भने निरन्तर घट्दो क्रममा छ ।

ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको गोलभेडा, आलु, तरकारी, अदुवा, प्याज, लसुनलगायत नगदेबालीको मूल्य अत्यन्तै न्यून पाउने गरेका छन् तर बजारमा आइसकेपछि भने चर्को मूल्य तिर्न उपभोतmा बाध्य छन् । पनौती नगरपालिका कुशादेवीको चाम्लेमा व्यावसायिक कृषि खेती गदै आउनुभएका राजकुमार हुमागाई ‘बिचौलिया’को मारमा परेको गुनासो गर्नुहुन्छ । दुःख गर्ने हामी हुन्छौँ तर कमाउने अरू नै हुन्छन ।

करिब तीन रोपनी खेतमा काउली, बन्दा, सिमी, बोडी, गोलभेडा, आलुलगायतको खेती गर्दै आएको बताउनुहुने उहाँ आफूले उत्पादन गरेको वस्तुको न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको गुनासो गर्नुहुन्छ । राज्यबाट हामीलाई कुनै मूल्यबारेमा जानकारी हुँदैन, तरकारी किन्न खेतबारीमै व्यापारी (बिचौलिया)हरू आउँछन, उनीहरूको भाउमा नै हामीले पठाउन विवश छाँै । अधिकांश किसानले तरकारी कुहिने डरले भाउ नै नगरी पठाउने गरेका छन । नदिउ खेतमै कुहिन्छ, दिउ सावा उठ्दैन । हुमागाईले दुखेसो पोख्नुभयो ।

तरकारी भनेको कच्चा वस्तु हो, दुई चारदिन राखेर बेचौँला नि भन्ने अवस्था रहँदैन । आफूले भनेको समयमा बिक्री गर्न तरकारी सङ्कलन केन्द्र नहुँदा कृषकहरू बढी मारमा परेको अर्का कृषक शर्मिला तामाङको गुनासो छ । गुनासो कति गर्नु कतैबाट सुनुवाइ हुने होइन, तरकारी किन्न आउनेलाई यति भाउ नपाए दिन्न भन्नाँै भने भोलिबाट लिनै आउँदैन बरु उसले जति दिन्छ, त्यति लियो बस्यो । तामाङका अनुसार अहिले आलु खन्न सुरु भएको छ । कृषकले मुस्किलले धार्नीको रु. ५०÷६० सम्म लिएका छन् तर बजारमा त्यही आलुको मूल्य केजीको रु ७० देखि ९० सम्ममा उपभोक्ता किन्न बाध्य छन् । त्यस्तै गोलभेडाको मूल्य कृषकले गोलभेडा रु. २० देखि २५ रुपियाँ किलोमा बिक्री गर्दै आएको भए पनि बजारमा उपभोक्ताले भने केजीको रु. ४० देखि ५० सम्म तिर्नुपरेको दुखेसो पोख्छन् ।

सरकारले यातायातको क्षेत्रको ‘सिन्डिकेट‘ तोडेपछि हौसिएका काभे्रका जनता तरकारीमा पनि ‘बिचौलिया’को अन्त्य चाहेको बताउँछन् । किसान प्रकाश हुमागाईले भन्नुभयो, वर्षभरि खेतबारीमा दस नङ्ग्रा खियाउने किसानभन्दा एक दिन ओसारपसार गर्ने ‘विचौलिया’ले दुई गुणा बढी आम्दानी गर्छन । सरकारले यसको अन्त्य गरे किसानका लागि समृद्ध नेपाल यही हुन्थ्यो ।

कृषिका लागि उब्जनीयोग्य भूमिका रूपमा रहेको काभे्रको पाँचखाल, नाला, कुशादेवी, ढुंर्खक, बनेपा, पनौती, खोपासीलगायतका क्षेत्रका कृषकहरूले वर्षमा दुई बाली आलु उत्पादन गर्ने गरेका छन् । आलुको बीउ, मल, व्यवस्थापनमै झन्झट व्यहोर्नु पर्ने र मूल्य कम पाएसँगै सावा उठाउनै हम्मेहम्मे पर्ने गरेको किसानहरूको गुनासो छ । ग्रामीण क्षेत्रका कृषकहरूले बजार मूल्य कमजोर रहेकै कारण आफूहरूले बालीको परिर्वतन गर्न थालेको गुनासो गरेका छन् ।

कृषकले खरिद गर्ने सामग्रीको मूल्य दैनिक वृद्धि भए पनि कृषकका उत्पादन गरेको वस्तुमा भने मूल्य घट्दै गएको जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष दीपक जङ्गमले बताउनुभयो । बजारमा मूल्य उस्तै छ, कृषकले दिनैपिच्छे घटाएर बेच्नुपर्छ, बिचौलियको कारण किसान मर्कामा परेका छन् । उहाँले थप्नुभयो, सम्बन्धित निकायले मूल्य निर्धारण र यसबारे चासो नदिँदा किसान दैनिक मारमा पर्दै आएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter