प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, रामायण सर्किट तथा जनकपुर–अयोध्या बस सेवा शुभारम्भ

Modi-Oli-Meetकाठमाडौँ, वैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र नेपाल भ्रमणमा रहेका भारतीय समकक्षी मोदीबीच आज साँझ काठमाडौंस्थित होटल द्वारिकाजमा भेटवार्ता भएको हो ।

दुई दिने राजकीय भ्रमण्का लागि आज बिहान नेपाल आइपुगेका मोदीले यसअघि राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो । राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीसँग भेट गर्नु भएको हो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, सरकार तथा भारत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

रामायण सर्किट तथा जनकपुर–अयोध्या बस सेवा शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आज जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गर्नुभयो ।

यसैगरी दुबै देशका प्रधानमन्त्रीले आजै जानकी मन्दिर परिसरमा संयुक्त रुपमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ पनि गर्नुभयो ।

सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गर्नुभयो । उहाँले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकामा निकै खुशी व्यक्त गर्नुभयो ।

भरतीय प्रधानमन्त्री मोदीले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतवासीका लागि भएको बताउँदै रामायण सर्किट र बस सेवाको सञ्चालनले विगतमा प्रधानमन्त्रीस्तरसम्म रहेको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नमा सहायकसिद्ध हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आदरणीय मेरा भाइ सा’ब नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मेरो स्वागतमा जनकपुर आइपुग्नुभएकोमा म धेरै खुशी छु”, भारतको पहिलो प्रधानमन्त्रीका रुपमा आज जनकपुरमा आइपुगेको छु, राजा जनकको र माता जानकीलाई प्रणाम गर्ने शौभाग्य पाउँदा हर्ष विभोर भएको छु ।”

“नेपाल सरकार र प्रदेश सरकार तथा स्थानीय सरकारद्वारा जुन किसिमको स्वागत र सम्मान मलाई प्रदान गरिएको छ, त्यो हजारौँ वर्षको परम्पराको सम्मान हो,” भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो ।

उहाँले उक्त सम्मानले आफू निकै हर्षित भएको बताउँदै रामायण सर्किट दुवै देशमा यात्रा गर्ने सम्बन्धमा उदाहरणका रुपमा प्रस्तुत भएको धारणा व्यक्त गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा तीव्र रुपमा बढ्दै गइरहेको पर्यटनका माध्यमबाट आर्थिक विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै आफ्नो स्वागतका लागि गरेको प्रबन्धका लागि नेपाल सरकार, राज्य सरकार र नगर सरकार तथा स्वयं प्रधानमन्त्रीको पटक पटक प्रशंसा गर्नुभयो ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले जनकपुर–आयोध्या बस सेवा र रामायण सर्किटको अवधारणाले धार्मिक पर्यटनलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनकपुर र भारतको सम्बन्ध पौराणिककालदेखिकै भएको बताउँदै “मोदीको भ्रमणबाट हामी निकै खुशी छौँ, जनकपुरवासी धेरै खुशी छन् भन्नुभयो ।”

राम र सीताको विवाह भएको सम्झनास्वरुप अयोध्याबाट रामको बरियात (जन्ती) ल्याउने र जनकपुरबाट सीता अन्माएर पठाउने प्रचलन अहिले पनि जारी रहेको कुरा स्मरण गर्दै उहाँले नेपाल र भारतबीच सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध युगौँ पहिलेदेखि नै रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनकपुर भन्नेबित्तिकै शिवको धनुष र राम सीताको विवाह सम्झना हुने, ज्ञानको कमी रहेको बेलामा पनि परशुराम, यज्ञवल्क्यजस्ता विद्वान्हरुको रहेको र ज्ञानका बारेमा बहस हुने गरेको पौराणिक प्रसंग जोड्दै जनकपुर ज्ञानभूमि रहेको बताउनुभयो ।

धनुषाधाम, जनकपुरस्थित जानकी मन्दिर र वाल्मीकि आश्रम मिलाएर रामायण सर्किटको निर्माण गर्ने भन्दै उहाँले दुई देशबीच यसअघि भएका सम्झौतामा विलम्ब भएको र अबको युग २१औँ शताब्दी भएकाले अब त्यसो नहुने दाबी गर्नुभयो ।

नेपालको दुई दिने राजकीय भ्रमणमा जनकपुर आउनुभएका भारतीय प्रधानमन्त्री मोदीले एक घण्टाभित्रै आफ्नो पूजाअर्चना गरी धार्मिकस्थल र जनस्तरमा सम्बन्ध जोड्ने कार्य आरम्भ गर्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter