अर्गानिक तरकारी उत्पादन गर्दै रिसोर्ट

Vegetable 2नवलपरासी, वैशाख २९ गते । पूर्वी नवलपरासीको नारायणी किनारामा रहेका होटल रिसोर्टले विदेशी पाहुनाको माग अनुसार रिसोर्टका लागि अर्गानिक तरकारी उत्पादन गर्न सुरु गरेका छन् ।

कावासोती नगरपालिका– १५ अमलटारीमा रहेको टाइगर टप्स थारू भिलेज रिसोर्टले विदेशी पाहुनाको मागलाई पूरा गर्नका लागि आफ्नो रिसोर्टको व्यवस्थापनमा अर्गानिक तरकारी उत्पादन सुरु गरेको छ । रिसोर्टका व्यवस्थापक डिवी चौधरीले भन्नुभयो, अब हामी पाहुनालाई अर्गानिक तरकारी खुवाउन सक्ने भएका छौँ । पर्यटकले सकेसम्म जैविक तरकारी एवं फलपूmलको माग गर्ने गरेपछि यस क्षेत्रका रिसोर्टहरूले आफ्नै व्यवस्थापनमा जैविक तरकारी एवं फलफूल उत्पादन गर्न थालेका हुन् । यसै क्षेत्रमा रहेको टेम्पल टाइगर ग्रिन जङ्गल रिसोर्टले पनि आफैँले अर्गानिक तरकारी खेती गरेर व्यवसाय सञ्चालन सुरु गरेको छ ।

रिसोर्टका व्यवस्थापक अम्बिकाप्रसाद पराजुलीका अनुसार होटललाई चाहिने धेरैजसो तरकारी अर्गानिक नै हुने गरेको छ ।

पूर्वी नवलपरासीको अमलटारीमा थारू एवं बोटे समुदायमा सञ्चालित सामूहिक होमस्टेले पनि पछिल्ला केही वर्षयता अर्गानिक तरकारी खेतीको व्यवस्थापन गर्दै आएका छन् । यसरी जैविक तरकारीको उत्पादनले पहिलो वर्ष केही कम भए पनि पछिल्ला वर्षमा तरकारीको उत्पादन बढ्दै गएको अमलटारी होमस्टेका व्यवस्थापक धनीराम चौधरीले बताउनुभयो ।

जसले गर्दा स्थानीय युवालाई समेत आंशिक रोजगारीको सिर्जना भएको छ । यहाँ आउने पर्यटक मात्र होइन, स्थानीय होटल तथा रेस्टुरेन्टमा समेत अर्गानिक तरकारी पाक्न थालेको छ । अर्गानिक तरकारीको माग बढेसँगै व्यावसायिक तरकारी उत्पादन गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter