बसपार्कमा अपांगमैत्री शौचालय निर्माण

toiletकाठमाडौँ, वैशाख ३१ गते । नेपालको एकमात्र राष्ट्रिय बसपार्क गोँगबुको नयाँ बसपार्कमा अपांगमैत्री शौचालय निर्माण भएको छ । पचास वर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले शारीरिक रुपमा अपांग भएका यात्रुलाई लक्षित गरी शौचालय निर्माण गरेको हो । यसअघि बसपार्कभित्र अपांगमैत्री शौचालय थिएन ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले अपांगता भएका यात्रुलाई लक्षित गरेर रु २५ लाख लागतमा शौचालय निर्माण गरेको जानकारी दिनुभयो ।

“शौचालयभित्र ह्विलचियरसमेत जान मिल्ने गरी निर्माण गरेका छौँ,”– उहाँले भन्नुभयो । शौचालयभित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको छ ।

कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा एक हजार सवारीसाधन पार्किङ गर्न मिल्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter