रूद्राक्ष खेतीमा किसानको आकर्षण

rudracshधनकुटा, वैशाख ३१ गते । कुनै बेला खाद्यबालीको पकेट क्षेत्र मानिने धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ अहिले रुद्राक्ष दाना उत्पादन पकेट क्षेत्रको रूपमा चिनिन थालेको छ । केही दशकअघिसम्म खाद्य बालीको खेती हुने गरेको यहाँको जमिन अहिले रुद्राक्षका बिरुवाले ढाकिन थालेको छ ।

धार्मिक तथा स्वास्थ्यका हिसाबले अति महìवपूर्ण मानिएको रुद्राक्ष दानाको माग बढेसँगै यहाँका किसानले व्यावसायिक खेती सुरु गरेका हुन् ।

२०३२ सालमा भोजपुरको दिङ्लाबाट रुद्राक्षको बिरुवा ल्याएर गाउँमा खेतीको सुरुवात गर्नुभएका अगुवा किसान चन्द्र केसीले हाल चार सय रुद्राक्षका बिरुवा खेती गनुभएको छ । हाल रुद्राक्ष दाना बिक्रीबाटै सबै खर्च टर्ने गरेको उहाँले बताउनुभयो ।

हाल सो गाउँका १४० घरपरिवारले रुद्राक्ष खेती गर्दै आइरहेका छन् । यहाँका किसानले घटीमा पाँच बोटदेखि चार सय बोटसम्म रुद्राक्षका बिरुवा लगाएका छन् । रुद्राक्षबाट वार्षिक प्रतिपरिवारले एक लाखदेखि तीस लाख रुपियाँसम्मको कारोबार गर्ने गरेका छन् ।

खाद्य बालीभन्दा रुद्राक्ष खेतीबाट दोब्बर फाइदा तथा खेती गर्न सहज हुने भएकाले यसखेतीतर्फ आकर्षित भएको स्थानीय नेत्र अधिकारीले बताउनुभयो ।

रुद्राक्ष खेतीलाई अरू बालीको जस्तो स्याहारसुसार गर्नुनपर्ने, सिँचाइ नचाहिने तथा सुख्खा ठाउँमा गर्न सकिने तथा व्यापारी घरघरमै किन्न आउने भएकाले रुद्राक्ष खेती नगदे बालीका रूपमा परिणत भएको हो ।

पूर्वको सङ्खुवासभा र भोजपुरमा हुने रुद्राक्ष खेतीप्रति धनकुटाका कृषकको समेत आकर्षण बढ्दो छ । धार्मिक तथा स्वास्थ्यका हिसाबले अति महìवपूर्ण मानिएको रुद्राक्ष दानाको माग बढेसँगै धनकुटामा व्यावसायिक खेतीको लहर चलेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter