म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

Myagdi Ghodapaniम्याग्दी, वैशाख ३१ गते । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह र संबद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षको शुभारम्भ गरेको संघले जनाएको छ ।

पर्यटकीयस्थलको पहिचान गरी प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

म्याग्दीमा धौलागिरि, अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरि, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड, घोडेपानी, खोप्रा, मोहोरडाँडा, टोड्के, रुइसे, संसारकै गहिरो अन्धगल्छीलगायत दर्जनाँै पर्यटकीयस्थल छन् ।

भ्रमण वर्षको बेनीमा उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले म्याग्दीलाई ‘टे«किङ रुटको राजधानी बनाउने’ घोषणा गर्दै पदमार्ग निर्माणमा प्राथमिकता दिने बताउनुभयो ।

गत आव २०७३÷७४ मा ७० हजार विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा भ्रमण वर्षको अवसरमा दोब्बर पर्यटक भित्र्याउने लक्ष्य राखिएको संघका महासचिव लिलाराम गौतमले बताउनुभयो ।

भ्रमण वर्षको अवसरमा कालीपुलमा बेनी नगरपालिकासँगको सहकार्यमा पर्यटकको तथ्याँक राख्ने र धार्मिक तथा पर्यटकीयस्थलका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले डिजिटल ९विद्युतीय० सूचना केन्द्र सञ्चालनमा ल्याएको द्धितीय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

कार्यक्रममा प्रदेश ४ की सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेशसभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

म्याग्दीको पर्यटन विकासका लागि पदमार्ग निर्माण, होटल तथा लज, सुरक्षा र लगानीमैत्री वातावरणको आवश्यकता रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताउनुभयो ।

भ्रमण वर्षलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी प्रचारप्रसार र पूर्वाधार विकासमा लगानी भित्र्याउने अवसरका रुपमा उपभोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter