सुपर साञ्जेनमा चौध अर्ब लगानी भित्र्याउन स्वीकृति; सुपर मादीको लगानी स्वीकृत

hydropower projectकाठमाडौँ, जेठ १ गते । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ ।

पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले रु १४ अर्ब लगानी भित्र्याउन स्वीकृति दिएको छ ।

नेपाली प्रवद्र्धकसमेत सहकार्यमा चिनियाँ कम्पनीले लगानी भित्र्याउन लागेको हो । कूल ७८ मेगावाट क्षमताको सो आयोजना सालासुङ्गी पावरले निर्माण गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले हाल निर्माण गरिरहेको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाभन्दा करीब ५०० मिटरमाथि विद्युत्गृह निर्माण गर्ने गरी सालासुङ्गी पावरले विगत तीन वर्ष पहिले अनुमति लिएको थियो ।

सो आयोजनामा नेपाली लगानीकर्ताको आठ प्रतिशत र चिनियाँ लगानीकर्ता चाइना हार्वर इन्जिनियरिङको ९२ प्रतिशत लगानी रहने छ । कूल रु १५ अर्ब २२ करोड ७० लाख लगानी रहने सो आयोजनाको प्रवद्र्धक सालासुङ्गी पावरले अध्ययनको सबै काम सम्पन्न गरेको छ ।

यसअघि चिनियाँ कम्पनी चोङ्जिङ वाटर टर्बाइन वक्र्स समूहले पिपल्स इनर्जी लिमिटेडमा रु नौ अर्ब लगानी भित्र्याएको छ । आयोजनाले दिएको जानकारीअनुसार दोलखा र रामेछापको सिमानामा निर्माणाधीन ४८.८ मेगावाट क्षमताको सो परियोजनाको निर्माण शुरु भएको जनाएको छ ।

हाल आयोजनामा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । पुल निर्माण, सडक निर्माण तथा विस्तार, आवास क्याम्पलगायतका काम भइरहेको आयोजनाका इन्जिनियर रामहरि शर्माले बताउनुभयो । आयोजनास्थलसम्म पुग्ने र आसपासका क्षेत्रका लागि नौ किलोमिटरमध्ये तीन किलोमिटर सडक निर्माण भइसकेको छ ।

चीनको चोङ्जिङ वाटर टर्बाइन वक्र्स कम्पनीले भौतिक पूर्वाधार निर्माणको काम शुरु गरेको छ । सो आयोजनाका लागि चीनबाट रु नौ अर्ब रकम भित्र्याइएको छ । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा बन्ने सो आयोजना निर्माणका लागि गत २०७४ फागुन ३० गते सम्झौता भएको थियो ।

सुपर मादीको लगानी स्वीकृत

यस्तै कास्कीको मादी गाउँपालिकामा आयोजनास्थल रहेको सुपर मादी जलविद्युत् आयोजनामा रु आठ अर्ब नौ करोड ८१ लाख ५० हजार वैदेशिक लगानी भित्र्याउन स्वीकृति दिएको छ । हिमाल हाइड्रोले निर्माण गर्न लागेको सो परियोजना ४४ मेगावाट क्षमताको हो ।

उद्योग विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालका अनुसार पछिल्लो दिनमा जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउने क्रम बढेको छ । उहाँले भन्नुभयो, “प्रक्रिया पु¥याएर आएका सबै वैदेशिक लगानीलाई विभागले स्वीकृति दिने गरेको छ ।” यस्तै दूरसञ्चार सेवा प्रदायक युटिएल नेपाल र अर्घाखाँची सिमेन्टमा समेत वैदेशिक लगानी भित्र्याउन स्वीकृति दिने प्रक्रियामा बोर्ड रहेको छ ।

आर्थिक समृद्धिको अर्को आधारका रुपमा रहेको ऊर्जा क्षेत्रमा समेत लगानीको मात्रा बढेको विभागले जनाएको छ । चालू आर्थिक वर्षको हालसम्म रु एक खर्ब ५० अर्ब ७९ करोडबराबरको लगानी ऊर्जा क्षेत्रमा भित्रिएको छ । सो प्रतिबद्धताअनुसार लगानी भित्रिए एक हजार ६०८ जनाले रोजगारीको अवसर पाउने विभागले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter