बादी समुदायको जीवनशैली फेरिँदै

Poultry-farmingअछाम, जेठ १ गते । साँफेबगर नगरपालिकामा बसोवास गर्दैआएका बादी समुदायको जीवनशैली फेरिँदै गएको छ ।

सुल्पा, मादललगायत सामग्री बनाएर गाउँ÷गाउँ गएर बेचेर तथा नाचगान गरेर जीविकोपार्जन गर्दे आएका बादीले अहिले आफ्नो पेशा परिवर्तन गरेका छन् । साँफेबगर नगरपालिका–४ मष्टामाण्डौँको बूढीगंगा नदीको किनारमा बसोवास गर्दे आएका उनीहरुले अहिले व्यापार र कुखुरापालन गर्दैआएका छन् ।

वडाले बादीका दुई परिवारलाई आयआर्जनका लागि रु ५०÷५० हजार सहयोग गरेको छ । मिठ्ठु बादीले पसल सञ्चालन गर्नुभएको छ भने शान्ता बादी कुखुरापालनका लागि खोर व्यवस्थापनमा लाग्नुभएको छ । बादी समुदायले नाचेर, मागेर खानुपर्छ, अरु व्यवसाय गर्न हुन्न भन्ने सोचको अन्त्य गर्न आफूले खुद्रा व्यापार शुरु गरेको रमेश बादीले बताउनुभयो ।

“पहिलेको जस्तो मागेर खाने अवस्था छैन,” उहाँले भन्नुभयो, “पहिलेको जस्तो बिक्री हुदँैन, जीवन धान्न व्यापार शुरु गरेको छु ।”

यस्तै शान्ता बादी कुखुरापालन गर्न खोर बनाउन थाल्नुभएको छ । नगरपालिकाबाट सहयोग प्राप्त भएपछि उहाँ निकै खुशी हुनुहुन्छ । शान्ताको श्रीमान् बित्नु भएको सात वर्ष भयो । “श्रीमान् हँुदा जेनतेन गुजारा हुन्थ्यो । उहाँ बितेपछि निकै समस्या भयो । पैसा नहँुदा केही गर्न सकिएन, अब मागेर खाने जमाना गयो,” उहाँले भन्नुभयो– “खेतीपाती गर्नलाई जमिन छैन ।”

जीविकोपार्जन र आयआर्जनका लागि सहयोग उपलब्ध गराएको साँफेबगर नगरपालिका–४ का वडाअध्यक्ष बालगिरी कुँवरले बताउनुभयो । बादी समुदायको जीवनस्तर उकास्न सहयोग गरेका हाँै,” उहाँँले भन्नुभयो ।

बादी समुदायको दुई परिवार सॉफेबगर नगरपालिका–४ मष्टामाण्डाँैमा बसोवास गर्दैआएको छ । सरकारको जनता आवासीय कार्यक्रम अन्तर्गत शहरी विकासले रु दुई लाख २५ हजारमा घर निमार्ण गरेपछि उनीहरुलाई ठूलो राहत मिलेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter