यसरी चल्दैछ अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल २१ घण्टा

nepal-airportसिवी अधिकारी / काठमाडौँ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए । मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञहरुसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरिसकेका छन् ।

विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उच्च पदाधिकारी, विमानस्थल व्यवस्थापन तथा प्राविधिक लगायत क्षेत्रमा काम गर्ने सबै निकायका कर्मचारीसँग आज अन्तरक्रिया गरी मन्त्री अधिकारीले विमानस्थललाई चुस्त, दुरुस्त बनाउन आग्रह गरे ।

‘विमानस्थलको एयर ट्राफिक जाम व्यवस्थापनकै कमजोरीले भएको हो । एयर रुट वैज्ञानिक बनाइनुपर्छ, आवश्यकताभन्दा बढी रुट कसैलाई दिनु हुँदैन यही व्यवस्थापनका लागि नै २१ घण्टा विमानस्थल चलाउने भनेको हो यसका लागि कर्मचारीमा कुशल व्यवस्थापन र इच्छा शक्ति दृढ चाहिन्छ,’ उनले भने ।

विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी भएको उल्लेख गर्दै मन्त्री अधिकारीले सेवालाई प्रभावकारी बनाउन थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधामा कुनै कमी हुन नदिन क्यानको ध्यानाकर्षण गराए ।

मन्त्री अधिकारीले विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकको कुनै एक स्थानमा विमानस्थल जसरी पनि बनाएर छाड्ने उद्घोष गरे ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले जेठ ७ गतेदेखि विमानस्थललाई २१ घण्टा सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापन लगायतका सबै तयारी भएको जानकारी दिए ।

सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्तिको समेत व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको उनले उल्लेख गरे ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको गरिमालाई ध्यानमा राखी सेवालाई चुस्त र प्रभावकारी बनाउगरी जेठ ७ देखि २१ घण्टा सञ्चालनको तयारीमा जुटेको उल्लेख गरे ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन क्यानका अध्यक्ष श्रवणकुमार यादवले विमानस्थलको जनशक्ति व्यवस्थापन तथा प्राविधिक पक्षलाई ध्यानमा राखेर विमानस्थल २१ घण्टा सञ्चालन गरिनुपर्ने बताए ।

विमानस्थलको इलेक्ट्रिकल मेकानिकल एशोसिएशनका उपाध्यक्ष कुमार सुजकुले विमानस्थलको लाइट व्यवस्थापनका लागि विशेष व्यवस्था गरिनुपर्ने खाँचो औँल्याए ।

नेपाल एयर ट्राफिक सेफ्टी इलेक्ट्रोनिक एशोसिएशनका सचिव रामचन्द्र अधिकारीले एयर ट्राफिक कन्ट्रोलनर अफिसर (एटिसी) को संख्या बढाई क्षमता अभिवृद्धि गरिनुपर्नेमा जोड दिए ।

हाल विमानस्थलमा ६७ एटिसीले छुट्टाछुट्टै सिफ्टमा काम गर्छन् । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्ने जनाइएको छ । क्यानसँग देशभरि गरी करीब २५० एटिसी रहेका छन् ।

विमानस्थलमा कहिलेकाहीँ अपर्भmट विद्युत् आपूर्ति बन्द हुँदा जेनेरेटर सञ्चालन गर्न कम्तीमा पनि १० सेकेण्ड समय लाग्ने हुँदा उक्त अवधिमा हवाई दुर्घटना हुन सक्ने खतरा औँल्याउँदै कर्मचारीले त्यो खतराबाट बच्न अनलाइन युपिएस जडान गरिनुपर्ने सुझाव छ ।

विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकोप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दा बढी उडान भर्दै आएका छन् ।

उडान चापले एयर ट्राफिकका कारण झण्डै एक घण्टा आकाशमा घुम्नुपर्ने (होल्ड) अवस्था रहेको छ । दैनिक एक हजार ३०० यात्रु व्यवस्थापनको क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बढी व्यस्त समयमा दुई हजार ५०० भन्दा बढी यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । विमानस्थलमा सरकारी निकाय एवम् निजी कम्पनीसहित करीब ८० निकाय सक्रिय छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म हुनेछ । अहिले दुई सिफ्टमा कर्मचारीहरुले काम गर्दै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter