सरकारले तीव्र विकास चाहेको छः प्रम ओली

PM Oliकाठमाडौं १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताउनुभएको छ।  प्रदेश नं २ का साँसदहरुको सर्वदलीय डेलिगेसनलाई मंगलबार बालुवटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभुएको हो ।

प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकतावद्ध भएर अघि बढ्नु पर्ने बताउनुभयो। ‘विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘विकाशका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुदैन ।’

तराइको ठुलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । सरकार देशमा सुशासन,भ्रष्टाचार नियन्त्रण,शान्ती सुव्यवस्था कायम गर्न लागि परेको प्रधानमन्त्ती ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ती सम्भव हुने बताउदै “हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गर्नु पर्दछ । ”

देशमा प्रशासनिक खर्च धेरै भएर विकाशमा केही कठिनाइ भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिंचाइ,उद्योग,पर्यटन,यातायात,स्वास्थ्य,चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । यसैगरी शिक्षा तथा खेलकुद,महिला हिंसा,जनता आवास कार्यक्रम,अन्तराष्ट्रिय स्तरको सभाहल तथा प्रधानमन्त्रीसंग तराइ मधेस बिशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter