तरकारीको सिण्डिकेट तोड्छु: मन्त्री खनाल

काठमाडौं, १ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोड्ने स्पष्ट पार्नु भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो ‘कृषकहरुलाई फाईदा हुनेगरि म कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ ।’ Chakrapani Khanal Baldev
‘सिण्डिकेटबारे हामीले केही गर्नैपर्दैन्, कालिमाटी बजार अहिले जुन रुपमा रहेको छ, तीन पुस्तादेखि पुस्ता दर कब्जा गरिएको छ, त्यसलाई उत्पादन जसले गर्छ, त्यही किसानलाई दिने, कृषि मन्त्रालयले अनुदानमा केही गाडी उपलब्ध गराउने, किसानले सिधै पहिलो स्टेनशनबाट उठाएर उत्पादनहरु बजारमा ल्याउने गर्नुभयो भने, मलाई लाग्छ २० खरिद उपभोक्ताको ८० र बीचमा रहेको त्यो ४० के गर्ने भन्ने, सिण्डिकेट हटाउन त हटाउनैपर्छ, तर केही समय लाग्छ, सिण्डिकेट तोड्नैपर्छ,’ उहाँले भन्नुभयो ।
आफूले कषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउने पनि उहाँले जनाउनु भयो । उहाँले भन्नुभयोे,‘किसान पेन्सन दिनुपर्छ, अनुदान दिनुपर्छ, गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ, अहिले २६ जिल्लामा वितरण हुँदैछ।’ उनले सिधै किसानको खातामा जानेगरि पेन्सन पठाउने व्यवस्था गरिने जनाउनु भयो । जनाए ।
मन्त्री खनालले भारतसँग नेपालको धेरै राम्रो सम्बन्ध रहेको बताउँदै कृषिमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
‘भारतमा जस्तो नेपालमा कृषि क्षेत्रको उचाई छैन, भारतको कृषि क्षेत्रमा भएको विकास, किसानलाई दिने अनुदान, व्यवस्थापनको स्तर नेपालमा छैन्’ उहाँले भन्नुभयो । आफू निकट भविष्यमै भारत भ्रमणमा जाने जनाउँदै कृषिसम्बन्धी कार्यक्रमहरु अघि बढाउने मन्त्री खनालले बताउनु भयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter