इस्लाम धर्मावलम्बीको ‘रमजान’ शुरु

Eid festivalकाठमाडौँ, जेठ ३ गते । इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ आजदेखि शुरु भएको छ । अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा आजदेखि शुरु भएको छ ।

एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ ।

राष्ट्रिय मुस्लिम आयोगका पूर्व सदस्य सचिव शम्शेर मियाँका अनुसार धर्मावलम्बीले चन्द्रमा नदेखिएसम्म रोजा (व्रत) राख्न नमिल्ने हुँदा सूर्योदय अगाडि बिहानको खाना (सेरी) खाने तथा साँझ सूर्यास्तपछि फलाहार (इफ्तार) गर्छन् ।

धनी तथा गरीब दुवैथरी धर्मावलम्बीले रोजा बस्ने र पवित्र ग्रन्थ ‘नमाज’ वाचन गर्ने र अन्य धार्मिक गतिविधि गर्छन् ।

इस्लाम धर्ममा पाँच आधारस्तम्भलाई महत्वपूर्ण मानिन्छ । त्यसमा नमाज पढ्ने, रोजा बस्ने, हज (तीर्थाटन), जकात (दान) र कल्मा पर्छ ।

धनी मानिसले वार्षिक समग्र आम्दानीको २.५ प्रतिशत गरीब, दुःखी तथा असहायलाई दान गर्ने परम्परालाई जकात र इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद तथा उनका उपदेशलाई कल्मा भनिन्छ ।

दैनिक पाँच पटक नमाज पढ्ने, नमाजअन्तर्गतको ‘तरबी’ ग्रन्थ वाचन गर्ने, नैतिकवान् भई अरुको सहयोगका लागि समर्पित हुने सन्देश रमजानले दिन्छ । धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्न रमजानको महत्व छ ।

धर्मावलम्बीले रमजान सकिएको एक महिनापछि इद पर्व मनाउँछन् । मियाँले मुलुकमा बसोबास गर्ने सबै जाति र समुदायको महत्वपूर्ण पर्वमा बिदा कटौती गर्न नहुने बताउनुभयो । देशमा करीब ३० लाख इस्लाम धर्मावलम्बी रहेको बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter