स्याउडाँडा हवाईमैदान निर्माणका लागि अध्ययन

Jiri Airportपाँचथर । फिदिम नगरपालिका–८ रानीटारको स्याउडाँडामा हवाईमैदान निर्माणका लागि पुनः सम्भाव्यता अध्ययन थालिएको छ ।

नागरिक उड्डयन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाईमैदानको पूरक सम्भाव्यता अध्ययन गरेको हो । इन्जिनियर ओजश्वीबाबु मल्लसहितको तीन सदस्य टोलीले एक हजार २०० मिटर लम्बाइ र २८० मिटर चौडाइको रनवेका लागि सम्भाव्यता अध्ययन गरेको पाँचथर हवाईमैदान समितिका सदस्य सूर्य अधिकारीले जानकारी दिए ।

यसअघि सो स्थानमा २०६७ सालमा समेत हवाईमैदानको सम्भाव्यता अध्ययन गरिएकोे थियो । त्यसबेला १८ जना क्षमताको जहाजलाई मात्र अवतरण गर्न र उडान भर्न सकिने गरी अध्ययन गरिएको थियो । अहिले ५० जना क्षमता भएको जहाजलाई अवतरण र उडान भर्न सकिने गरी हवाईमैदान निर्माणका लागि प्राधिकरणले पुनः अध्ययन गरेको अधिकारीले बताए ।

अध्ययन प्रतिवेदन पाँच महिनाभित्रमा नागरिक उड्डयन प्राधिकरणलाई बुझाइने र त्यसपछि हवाईमैदानको समग्र अध्ययन गरिने इञ्जिनियर मल्लले बताए । अध्ययनका क्रममा सबै हिसाबले स्याउडाँडा हवाईमैदान बनाउन उपयुक्त देखिएको छ । सर्वेपश्चात् स्याउडाँडा उपयुक्त स्थान ठहरिएपछि हवाईमैदान निर्माणका लागि स्थानीयवासी १०० रोपनी जग्गा निःशुल्क र बाँकी प्रतिरोपनी रु १० हजारका दरले जग्गा दिन सहमत भएका थिए ।

सम्भाव्यता अध्ययन भएको लामो समय बित्दा पनि हवाईमैदान निर्माणको काम अघि नबढ्दा स्थानीयवासी निराश भएका थिए । अहिले प्राधिकरणले पुनः सर्वे गरेपछि स्थानीयवासी खुशी भएका छन् । धावनमार्गसहित आवश्यक सम्पूर्ण संरचना तयार गर्न रु दुई अर्बदेखि रु तीन अर्बसम्म खर्च लाग्ने इञ्जिनियर मल्लले बताए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter