अबको दुई वर्षमा सबै विद्यालय निर्माण गरिसक्ने – मन्त्री पोखरेल

Education Minister Pokharelकाठमाडौँ, जेठ ७ गते । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेको सबै विद्यालय निर्माण गरिसक्ने बताउनुभएको छ ।

आज यहाँ दरबार हाई स्कूलले पुनः निर्माणको सम्बन्धमा आयोजना गरेको कार्यक्रममा दबार हाइस्कूल जस्ता भूकम्पले क्षति पुगेका सबै विद्यालग निर्माण हुन अब धेरै समय नलाग्ने बताउनुभएको हो ।

मन्त्री पोखरेलले भन्नुभयो, “दरबार हाइस्कूल पुरानो हो, अन्य विद्यालयभन्दा फरक र आकर्षण हुनुपर्छ सोही अनुरुप निर्माण कार्य अघि बढाउनु आवश्यक छ ।”

काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा नमिलेको कुरा मिलाएर एक हप्ताभित्र नक्सा पास गर्न पनि मन्त्री पोखरेलले कामपालाई आग्रह गर्नुभएको छ ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले उक्त विद्यालय निर्माणका लागि अबको एक हप्तामा नक्सा पास गरिसक्ने बताउनुभएको छ ।

उक्त विद्यालाय ऐतिहासिक भएकाले नक्सापास गर्नका लागि पुरातत्वको अनुमति आवश्यक पर्ने भएकाले अन्य विद्यालयको नक्सापासभन्दा झन्झट भएको कामपा–२७ का वडा अध्यक्ष चिनियामान महर्जनले बताउनुभयो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रतिनिधि दिलीप श्रेष्ठले २०७२ सालको भूकम्पले गर्दा सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्ममा तीन हजार ६०० निर्माण गरिसकेको जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद दहालले कामपाबाट नक्सा भएसँगै भत्काउनका लािग बोलपत्र आवह्वान गरिनेछ । १० रोपनी जग्गामा रहेको उक्त विद्यालयमा हाल १५० जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् । यसअघि इँट्टा र सिमेन्टबाट बनेको विद्यालय अब सबै आधुनिक निर्माण सामग्रीबाट बन्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter