८०० मेगावाट दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने

Hydropowerरमेश लम्साल / काठमाडौं। भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्नसमेत प्रयोग गरिने भएको छ।

भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको टिबिएम प्रभावकारी एवं सफल देखिएपछि दूधकोशीमा पनि नयाँ टिबिएम ल्याउन लागिएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको १३.५ किलोमिटर सुरुङ खन्न टिबिएम प्रयोग गर्न लागिएको जानकारी दिए।

“आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको छ।” घिसिङले भने, टिबिएम प्रयोग गर्ने गरी आयोजनाको डिजाइन गर्न परामर्शदाता कम्पनीलाई निर्देशन दिइसकेका छौँ।”

खोटाङको रबुवाघाटमा बन्ने बाँधबाट स्थानीय धितुङमा रहने विद्युतगृहमा पानी खसाल्नका लागि १३ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने छ।

खोटाङ र ओखलढुंगाको सिमाना भएर बग्ने दूधकोशी नदीमा ८०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गर्न लागिएको छ।

लामो समयदेखि आयोजनाको क्षमता एकिन हुन सकेको थिएन। कार्यकारी निर्देशक घिसिङले, सुरुङ बनाएर ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर २०० मेगावाट गरी कूल ८०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने गरी अध्ययन भइरहेको जानकारी दिए।

गत शनिबार आयोजनाको स्थलगत निरीक्षण गर्न रबुवाघाट पुगेका घिसिङले, आयोजना निर्माणमा स्थानीयवासीको समेत शेयर लगानी रहने गरी कम्पनी खोलिसकिएको जानकारी दिएका छन्।

स्थानीयवासीसँगको अन्तरक्रियामा घिसिङले भने, “आयोजना निर्माणमा एशियाली विकास बैंकको लगानीको प्रतिबद्धता छ, छिटोभन्दा छिटो ठेक्का गरेर ठेकेदार छनोट गरी आयोजना अगाडि बढाउन चाहन्छौँ।”

उनले स्थानीयवासीको लगानीमा आयोजना निर्माणका लागि प्रतिफल दर आकर्षक छ या छैन भन्ने विस्तृत अध्ययन सकिएपछि मात्रै टुङ्गो लाग्ने प्रष्ट पारे। परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रोकन्सल्ट एसपिए ‘इन एशोसिएसन विथ न्यूजेक’ जापानले आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ।

कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन अध्यावधिक साथै विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय अध्ययन र ठेक्का कागजात तयार गर्ने छ। कम्पनीसँग ३० महिनामा काम सक्ने गरी सन् २०१६ को मेमा सम्झौता भएको थियो।

अन्तरक्रियामा रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलासहितका स्थानीय बासिन्दाले आयोजनालाई तत्काल निर्माणमा लैजानुपर्ने माग गरेका छन्। निरौलाले भने, “आयोजना कहिले निर्माणमा जाला भनेर प्रतीक्षामा छौँ, डुबान क्षेत्रमा खोटाङकै सबैभन्दा बढी धान उत्पादन हुने खेत पर्छ, तर आयोजना बन्छ भने खोटाङबासी त्यस्तो जग्गा र घरसमेत छोड्न तयार छन्।”

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २०१४ मा गरेको अध्ययनले नेपालका १० उत्कृष्ट जलाशययुक्त आयोजनमध्ये दूधकोशी पनि एक रहेको देखाएको थियो। जलाशययुक्त भए पनि तुलनात्मक रुपमा विस्थापित हुने घरधुरी कम रहेको र नदीको बहाव पनि राम्रो रहेकाले आयोजनालाई आकर्षक मानिएको छ।

आयोजना प्रमुख वसन्त श्रेष्ठले आयोजनाको बाँध २२० मिटर अग्लो रहने जानकारी दिए। आयोजनाको जलाशय क्षेत्र करीब १९ किलोमिटर सम्म फैलने छ।

आयोजना प्रमुख श्रेष्ठले भने, “आयोजनाबाट करीब १५० घरधुरी विस्थापित हुने अनुमान गरिएको छ।” आयोजनाबाट वार्षिक रुपमा तीन अर्ब ४५ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter