नेपाल टेलिकमको डाटा प्रयोगकर्ता करोड नाघ्यो

काठमाडौं, जेठ ७ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो अर्थात २०७४ चैत महिनाको एमआईएस रिपोर्ट (MIS)अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेको छ । Nepal Telecome
जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता रहेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताएकी छिन् ।
२०७४ असार मसान्त सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्य सम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको हो ।  यस अनुसार २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०.५१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
रिपोर्टअनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो २०७४ फागुनको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमको फोरजी डाटा प्रयोगकर्ता ५ लाख ४७ हजार ५ सय ८ छन् । यस अनुसार समग्र फोरजी डाटा प्रयोगकर्ता मध्ये ३८.५८ प्रतिशत नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता छन्।
गत २०७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार १ करोड ९३ लाख २२ हजार ८ सय ५५ रहेको छ । यसअनुसार जीएसएम मोबाइल सेवाका ग्राहक १ करोड ६९ लाख ४४ हजार ५ सय ३९, सीडीएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३ सय ५१ तथा पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ८९ हजार ३ सय ७३ रहेका छन् ।
कम्पनीले सेवाग्राहीहरुको सुविधाका लागि हाल सस्तो दरका विभिन्न प्रकारका प्याकेज र अफरहरु उपलब्ध गराइरहेको छ । यस्ता प्याकेज र अफरहरुका कारण पनि कम्पनीका डाटा प्रयोगकर्ताको संख्या बढिरहेको दावी टेलिकमको छ ।
डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको सो कम्पनीले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter