सहमतीमै प्रदेश राजधानी: ज्ञवाली

दाङ,जेठ ८। नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सहमतिमै प्रदेश नं. ५ को राजधानी घोषणा गरिनुपर्ने बताएका छन् ।yubraj
मंगलवार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले बहुमतका आधारमा राजधानी घोषणा गर्दा तिक्तता र बैमनस्यता बढ्ने हुँदा सहमतिमै घोषणा हुनुपर्ने माग गरेका हुन। ‘सबै जनताको सहज पहुँच हुने ठाउँको खोजी गरेर औचित्यका आधारमा राजधानी घोषणा गरिनुपर्छ’ नेता ज्ञवालीले भने ।
प्रदेशको स्थायी राजधानी घोषणा गर्ने अधिकार प्रदेश सरकारलाई भएको भन्दै आवश्यकता र विवेकका आधारमा राजधानी घोषणा गरिनुपर्ने उनले बताएका थिए।
त्यस्तै उनले देशमा भ्रष्टचार व्याप्त रहेको हुँदा सरकार कडाईका साथ त्यको अन्त्यका लागि अगाडि बढ्नु पर्ने बताएका छन् । ‘राजनीति सेना, प्रहरी वा अन्य जन कुनैपनि क्षेत्रमा भ्रष्टचार व्याप्त छ । त्यो अन्त्य नगर्दासम्म देश संवृद्ध देश बन्दैन ।’
देश संवृद्धिको सपना सार्थक तुल्याउन पहिलो सर्त भ्रष्टचार अन्त्य गर्न जरुरी रहेको बताएका उनले भ्रष्टचारीलाई कसैले पनि संरक्षण गर्न नहुने बताए ।
त्यस्तै नेपाली विषेशताको संघीयता नेपालमा स्थापित गर्न आवश्यक रहेको उनले बताएका छन् । कुनैपनि देशको नक्कल नगरी स्थानीय तह, प्रदेश र संघ सबैलाई अधिकार विभाजन गर्दै सबैलाई संवृद्धिको मार्गमा लैजाने नेपाली मोडेलको संघीयता आवश्यक परेको उनले बताए । नेता ज्ञवालीले अझैंपनि केन्द्रमा मात्रै शक्ति रहने खालको संघीयताको अभ्यास गर्न खोजिएको भन्दै शक्तिको विकेन्द्रीकरण हुने खालको संघीयता आवश्यक रहेको बताए ।
त्यस्तै ठूलो पार्टी भएको तथा चुनाव जितेको अहंकार नपाल्न उनले आग्रह गरे । राजनीतिक रुपमा यतिबेला बामशक्तिहरु सगरमाथाको चुचुरोमा रहेको रहेतापनि काम नगरी अहंकार मात्रै पालेमा अर्को चुनावमा जनताले सगरमाथावाट फेदमा झार्न सक्ने उनले बताए । उनले संविधान र जनतालाई सर्वोच्च मानेर नयाँ लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने बताए ।
‘अधिनायकवादको बाटो हैन अब समाजवादको बाटोमा हिड्न सक्नुपर्छ,’ नेता ज्ञवालीले भने । वैज्ञानिक समाजवाद आफुहरुको अभिष्ट भएको बताएका उनले समाजवाद अहिले नै संभव नभएपनि त्यसको आधारहरु तयार पार्ने गरि काम गर्न आवश्यक रहेको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter