राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले ब्यहोर्ने

काठमाडौं  जेठ ७ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
राष्ट्रकवि घिमिरे उपचाररत ग्राण्डी अस्पतालमा पुगेर आज अपरान्ह प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । प्रधानमन्त्रीले राष्ट्रकविको उपचार खर्चका लागि चिन्ता नगर्न अस्पताल प्रशासनलाई आश्वास्त पार्नुभयो ।20180521_192133
प्रधानमन्त्रीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उपचारको तयारी गर्न पनि निर्देशन दिनुभयो । अस्पतालबाटै प्रधानमन्त्रीले राष्ट्रकवि घिमिरेको उपचारबारे भारतीय चिकित्सकलाई टेलिफोन गरी परार्मशसमेत गर्नुभएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले बताउनु भयो ।
अस्पतालका चिकित्सकहरुले राष्ट्रकविको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
रक्तश्राव भएपछि एक साताअघि राष्ट्रकविलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
९९ वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । प्रधानमन्त्रीका साथ पत्नी राधिका शाक्य पनि अस्पताल जानुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter