स्वदेशमै सस्तोमा पढ्न चाहन्छन विद्यार्थी

Hissan

काठमाडौं–काठमाडौंकी प्रसिद्धि बस्नेत १२ कक्षाका परीक्षा सकाएर बसेकी छिन्। स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने उनी साथीलाई समेत भेला गरेर शनिबार राजधानीको भृकुटी मण्डपमा जारी शैक्षिक मेलामा आइपुगिन। मेलामा धेरै कलेजको बारेमा थाहा पाएको उनी बताउँछिन्। ‘नेपालमा राम्रो कलेज छैन भन्नेहरुकाले एक पटक यो मेला अवलोकन गर्नै पर्ने हुन्छ,’ उनले भनिन,‘एकै ठाउँमा धेरै कलेजको बारेमा बुझ्न पाउनु हाम्रो लागि फाइदाको कुरा हो ।’

उनी जस्तै उच्च शिक्षा अध्ययन गर्न उनी जस्तै धेरै विद्यार्थीहरु राम्रो शैक्षिक संस्थाको खोजीमा छन् । ‘यहाँ परामर्श दिने शैली राम्रो लाग्यो । मेलामा उत्प्रेरणा दिने काम हुदो रहेछ,’ उनले भनिन् ‘राम्रो कलेज छानेर पढ्न सके सपना पूरा गर्न सकिन्छ ।’  गुणस्तरीय शिक्षाको खोजीमा लाखौ खर्चेर विदेश अध्ययन गर्न जान पनि नपर्ने उनी बताउँछिन् ।

हरेक वर्ष अध्ययन भन्दै बर्षमा ५० हजार भन्दा बढी विदेश जान्छन्। उत्कृष्ट शिक्षा स्वदेशमै पाइने जानकारी दिन हरेक वर्ष मेला हुने गर्दछ। यसवर्ष १ सय ५० भन्दा बढी कलेजलाई सहभागि गराएर मेला भइरहेको छ। बिहीबारबाट सुरु भएको मेला आइतबारसम्म चल्ने आयोजकले जनाएको छ। निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा अभिभावक र विद्यार्थीको रोजाईमा रहेका उत्कृष्ट कलेजको बारेमा बुझन सकिन्छ। एकै ठाउँमा कुन कलेजमा के पढाई हुन्छ? कति शुल्क लाग्छ? सुविधा के छ? थाहा पाउन सकिन्छ।

रुची भएको बिषय पढाई हुने कलेजका पूर्व विद्यार्थी र अध्ययनरत विद्यार्थीसंग कलेजको बारेमा जानकारी लिने मौका समेत मेलामा दिएको छ। कलेजका शिक्षक र सञ्चालकसंग सिधै कुरा गर्न समेत सकिन्छ। विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिइएको कलेजमा पढाई हुने बिषयको जानकारी लिन समेत मेला फलदायी हुने आयोजकले जनाएको छ।

राजधानीमा तीन दिनदेखि जारी शैक्षिक मेलामा बस्नेत जस्तै राम्रा कलेजको खोजीमा पुग्ने विद्यार्थीको संख्या उल्लेख्य छन्। बिहीबार र शुक्रबारको तुलनामा शनिबार मेलामा आउने विद्यार्थी र अभिभावकको संख्या बढेको छ। मेलामा आएका भक्तपुरका रिकेश श्रेष्ठले स्वदेशी राम्रा कलेजको स्टलमा पढाई हुने बिषय र शुल्कको बारेमा जानकारी लिने अवसर पाएको बताए । मेलामा धेरै कलेजको स्टल भएपनि राम्रो नराम्रो छुट्याएर पढ्न सक्नु पर्ने उनको सुझाव छ। ‘कलेजको परिचय सहितको ब्रोसर, पढाउने कार्यक्रमजस्ता सामाग्री झोलाभरी उपहार लिइएको छु,’ उनी भन्छन,‘हेरौ अब कुन कलेज छान्ने निष्कर्षमा पुग्न बाँकी छ ।’

स्नातक तहको राम्रो कलेज खोज्न नुवाकोटबाट मेलामा आएका प्रशान्त भण्डारीले कुन कलेजमा के सुविधा पाइन्छ? भन्ने जानकारी पाएको बताए।  मेलामा आफूले अध्ययन गर्न चाहेको बिषय र कलेजको बारेमा जानकारी पाइएको उनले बताए । ‘अलमलमा परेका हामीजस्ता विद्यार्थीलाई मेला फलदायी छ । एसइइ र १२ कक्षाको परीक्षा दिएर बसेका सबैले एक पटक मेला घुम्नै पर्ने हुन्छ,’उनले भने ।

काठमाडौंकै जीया श्रेष्ठले मेलाले कलेज छान्न सहरमा भौतारिनु पर्ने बाध्यताबाट छुटकारा दिएको बताइन । कलेजको बारेमा बुझन स्टलमा जाने अभिभावक र विद्यार्थीलाई कलेजले झोला सहितको प्रर्चा सामाग्री दिने गर्छन् । मेलाबाट फर्कने विद्यार्थी र अभिभावकको हात हातमा कलेजको झोला देखिन्छ । एक जना विद्यार्थीसंग कम्तीमा १० भन्दा बढी कलेजको झोला बोकेका छन् । ‘आफूले अध्ययन गर्न चाहेको बिषय पढाई हुने नाम चलेका कलेजका झोला बोकेका छौ,’मेलामा फर्कदै गरेकी मेलिना कायस्थले भनिन,‘कुन कलेज कस्तो छ ? भन्ने पराशर्म पनि लियौ । अब नतिजा आएपछि झोला खोलेर थप अध्ययन गर्ने अनि कलेज छान्न सजिलो हुन्छ ।’

भक्तपुर सल्लाघारीबाट दुई छोरीको कलेज बुझन आएका श्रीराम शिल्पकार भृकुटीमण्डपमा जारी मेलामा शनिबार आइपुगे । भक्तपुरको ख्वप कलेजबाट साइन्स पढेकी जेठी छोरी सुजिता शिल्पकारले अप्थाल्मिक र सूर्यबिनायक माविबाट एसइइ गरेकी रमिता शिल्पकारलाई ११ कक्षाको अध्ययन गराउन राम्रो कलेजको खोजीमा श्रीरामले धेरै कलेजको स्टल अवलकेन गरे । ‘विदेशमा पढाउने क्षमता छैन । स्वदेशमा छोरीले पढ्न चाहेको विषय कुन कलेजमा  पढ्न पाइन्छ भनेर बुझे । मानविकी, व्यवस्थापन र साइन्स अध्ययन गर्ने हो भने भनेजस्तो कलेजको स्टल रहेछ,’उनले भने,‘अप्थाल्मिक (आखा) सम्बन्धी अध्ययन गराउने कलेजको बारेमा भने कलेको स्टल पाइन ।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter