सय दिनमा सरकारले संभावना देखायो : केसी

surendra kc

काठमाडौं, जेठ १२ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकारले सय दिनमा केही संभावनाहरु देखाएपनि अझै काम हेर्न बाँकी रहेको बताए । उनले भने,‘सरकारले फाष्ट ट्रयाक, रेलवे, जहाज ल्याउने लगायतका संभावनाहरु देखाएको छ, हिजो बिग्रेको सम्बन्धहरु सुधार गरेको छ, यी राम्रै कुराहरु हुन्।’
यद्धपी उनले सय दिनमा देखा परेका कुराहरु हेर्दा राम्रो संकेत नगरेको गुनासो गरे । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीपनि भ्रमणबाटै समस्या समाधान हुन्छ भनेर भारत भ्रमणमा गएकोले ओली पनि परम्परागत रुपमा झुण्डिएको उनको गुनासो थियो । उनले भने,‘प्रधानमन्त्रीले ६ महिनापछि वा राजदुत नियुक्त गरेरमात्रै भ्रमण गरेको भए हुन्थ्यो, तर उहाँले प्रधानमन्त्री भएपछि भ्रमण गर्नमै जोड दिनुभयो।’
त्यस्तै उनले सिण्डिकेट हटाउनेजस्तो ठूलो उपलब्धिमूलक काम गरेका यातायात विभागका महानिर्देशकलाई पुरस्कारस्वरुप कारबाही गरिएको भन्दै व्यंग्य समेत कसे । उनले भने,‘कर्मचारीहरुलाई अनुकुल र प्रतिकुल अनुसार प्रयोग गरिएको छ, राम्रो गर्नेलाई पुरस्कृत गर्नुपर्ने हो, तर कारबाही गरिएको छ।’
वर्तमान सरकार संविधानतः पनि अढाई वर्षसम्म नढल्ने र दुई तिहाईको सरकार भएकोले अब परिणाममुखी कार्यप्रणाली अपाउनुपर्नेमा उनको जोड थियो । उनले सरकारको नीति तथा कार्यक्रम चित्त प्रशन्न हुने खालको नभएको स्पष्ट पारे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter