स्वच्छ वातावरण महाअभियानको शुभारम्भ

Krishna-Bahadur-Maharaकाठमाडौँ, जेठ १६ गते । सभामुख कृष्णबहादुर महराले वन तथा वातावरण मन्त्रालयको पहलमा शुरु भएको ‘स्वच्छ वातावरण महाअभियान, २०७५’ को शुभारम्भ गर्नुभएको छ ।

विश्व वातावरण दिवसको सन्दर्भ पारेर आजदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको उहाँले काठमाडौँस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफँैबाट सरसफाइको शुरुवात गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरसफाइ आफूबाटै शुरु गरौँ, एक–एक एकाइबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ, सबै सरसफाइमा लागेपछि स्वच्छ वातावरण निर्माणको हाम्रो महाअभियान सफल बन्छ ।”

नीति, योजना निर्माण गर्ने तर कार्यान्वयन गर्ने दायित्वबोधबाट पन्छिने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने बताउँदै उहाँले योजना कार्यान्वयनमा लागेर अभियान सफल बनाउन सबैमा आग्रह गर्नुभयो ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव सरसफाइको जिम्मा सरकारको मात्र नभई आमनागरिकको पनि भएको उल्लेख गर्दै घर बाहिर फोहर फालेर सरकारलाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “राजधानीका सडकमा कसैले फोहर फालेमा उक्त फोहर काठमाडौँ महानगरपालिकामार्फत सफाइ गरिने र सो कार्यबापतको भुक्तानी फोहर फाल्नेबाट असुल गरिनेछ ।”

मन्त्रालयले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा अघि बढाएको सरसफाइ महाअभियान निरन्तर जारी रहने र सरसफाइका लागि सातामा एक दिन मन्त्री बस्नेत स्वयं उपस्थित हुनुहुने उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

शंखपार्कबाट सडक छेउको फोहर उठाउँदै शुरु भएको सरसफाइ अभियान विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुनः शंखपार्कमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा सभामुख महरा, वन मन्त्री बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी, महानगरका कर्मचारीलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter